३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पेले ह्याट्रिक दिँदा पीएसजी फाइनलमा



अ+ अ-

एजेन्सी । फ्रेन्च कप फुटबलको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रवेश गर्न सफल भएको छ । बुधबार राति भएको सेमिफाइनलमा १० खेलाडीमा सिमित लियोनलाई ५–१ गोल अन्तरले पराजित गर्दै पीएसजी फाइनल पुगेको हो । केलियन एमबाप्पेले पीएसजीको जितमा ह्याट्रिक गरेका थिए । यस्तै पाब्लो सराबिया र नेयमारले एक एक गोल गरे ।

लियोनका लागि मार्टिन टेरीएरले एक गोल फर्काएका थिए । फर्नान्डो मार्कलले खेलको ६१ औं मिनेटमा दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा सिमित रहन पुगेको थियो ।

लियोनको मैदानमा एक गोलको अग्रता उल्टाएर पीएसजीले फराकिलो जित निकालेको हो ।अब पीएसजीले रेनस र सेन्ट इट्टीनेबीचको विजेतासँग खेल्नेछ ।