१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश फिस फेस्टिवल : सांस्कृतिक र आर्थिक सम्बन्ध जोड्ने माध्यम



अ+ अ-

काठमाडौं । कूटनीतिमा बेलाबेला नयाँनयाँ प्रयोग हुन्छ । दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन कहिले काहिँ फरक खालको कूटनीति अपनाइन्छ । काठमाडौंस्थित बंगलादेश दूतावासले यस पटक परम्परागत अभ्यासभन्दा फरक किसिमले फिस फेस्टिवल (माछा महोत्सव) गरेर नयाँ कूटनीतिक अभ्यास सुरु गरेको छ ।

बंगलादेश दूतावासले ‘बंगलादेश फिस फेस्टिवल २०२५’ मार्फत माछालाई केवल भोजनका रूपमा मात्र नभई सांस्कृतिक र आर्थिक सम्बन्ध जोड्ने शक्तिशाली माध्यमका रूपमा समेत प्रस्तुत गरेको हो । दूतावासले शुक्रबार आफ्नै परिसरमा कार्यक्रम गरेको हो ।

नेपालका कार्यवाहक परराष्ट्र सचिव कृष्णप्रसाद ढकाल प्रमुख अतिथि रहेको कार्यक्रममा काठमाडौंस्थित विभिन्न देशका राजदूत, मिसन प्रमुख, कूटनीतिज्ञहरु, नेपाल सरकारका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू, व्यवसायिक समुदायका अगुवा, बुद्धिजिवी, नागरिक समाजका प्रतिनिधिहरू, होटल व्यवस्थापक लगायत सहभागी थिए ।

नेपालका लागि बंगलादेशका राजदूत मोहमद शफिकुर रहमानले स्वागत मन्तव्य राख्दै नेपाल र बंगलादेशबीचको सम्बन्धलाई ‘माछा–दाल–भात’को संज्ञा दिए । उनले माछालाई बंगलादेशी नदी–संस्कृति, जीविका र राष्ट्रिय पहिचानको अभिन्न अंगको रूपमा अथ्र्याए ।

कार्यक्रममा बंगलादेशमा पाइने विभिन्न प्रजातिका माछाका परम्परागत तथा आधुनिक परिकार पस्केर पाहुनाहरूलाई बंगलादेशीपनको महसुस गराइएको थियो ।

यो ‘फिस डिप्लोमेसी’को अर्को मुख्य उद्देश्य नेपालमा बंगलादेशी माछा र समुद्री उत्पादनको बजार खोज्नु पनि हो । नेपालमा उच्च गुणस्तरका समुद्री खानाको माग बढिरहेको सन्दर्भमा यो महोत्सव आयोजना गरिएको थियो ।