२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनका लागि विभिन्न जिल्लास्तरमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।

महाधिवेशनका लागि देशभर एकैदिन यही मङ्सिर १३ गते प्रतिनिधि चयन गरिसक्नुपर्ने भएकाले सोका लागि मतदाता नामावली प्रकाशन र उम्मेदवारी दिने प्रक्रिया सुरु भएको हो । कतिपय जिल्लामा सर्वसम्मति र निर्विरोधरुपमा प्रतिनिधि चयन भएको छ । पार्टीका स्थायी कमिटी सदस्य एवं सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने निर्देशनबमोजिम काम भइरहेको बताउनुभयो ।

कायम भएको अन्तिम मतदाता सूची (नवीकृत पार्टी सदस्यता सूची) को सङ्ख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन दिएको थियो । यस्तै, यही मङ्सिर १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा मङ्सिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको छ । छनोट भएका प्रतिनिधिको नाम यही मङ्सिर १५ गतेभित्र विभागमा बुझाइसक्नुपर्नेछ ।

यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने एमालेको महाधिवेशनमा आयोजक, निर्वाचन क्षेत्रीय कमिटी (खुला), जनसङ्गठन, युवा, दलित, महिला, प्रवास क्षेत्रबाट गरी करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुँदैछन् ।




भर्खरै