१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

ईश्वरलाई महेशको सुझाव– सके ओलीसँग एकता गर्नुस्, नसके बिदा लिनुस्

ईश्वरलाई महेशको सुझाव– सके ओलीसँग एकता गर्नुस्, नसके बिदा लिनुस्
अ अ+ अ-

काठमाडौं । ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम जारी रहेका बेला नेकपा एमालेका नेता महेश बस्नेतले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई बिदा लिन सुझाव दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकोप्रति टिप्पणी गर्दै पोलिटब्यूरो सदस्य बस्नेतले पार्टीको एकतामा योगदान गर्न नसक्ने हो भने ’सहर्ष बिदा’ लिन भनेका हुन् ।

’नेकपा एमालेले आन्तरिक र बाह्य दुवै मोर्चाबाट कठोर दबाब झेलिरहेका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिले पार्टीभित्र अनावश्यक तरंग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको छ,’ उनले सामाजिक सञ्जालमार्फत् लेखेका छन् ’यदि योगदान गर्न सकिन्छ भने निसर्त एकता, सकिँदैन भने सहर्ष विदाइ नै ईश्वर पोखरेलको निम्ति सही विकल्प हो ।’

’पार्टी चुनावतिर अघि बढ्दैछ, राष्ट्रिय राजनीति निर्णायक मोडमा छ, विदेशी–स्वदेशी शक्तिहरू एमाले र अध्यक्ष ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन्। यस्तो अवस्थामा प्रतिस्पर्धा होइन, नेतृत्वको स्थिरता पार्टीलाई मजबुत बनाउने बाटो हो। अनेक प्रोपगान्डा गरेर कमजोर बनाउने अर्को चक्र नबनोस !’ उनले भनेका छन् ।

उनले एमालेको निम्ति आजको प्रश्न ’कसले नेतृत्व दाबी गर्छ’ होइन, ’कसले पार्टी बचाउन सक्छ’ हो भन्ने उल्लेख गरेका छन् ।

वर्तमान राष्ट्रिय परिस्थिति, भू–राजनीतिक उतारचढाव र एमालेमाथिको योजनाबद्ध प्रहारबीच पार्टीलाई मजबुत संगठन, सही कार्यदिशा र जुझारू सशक्त क्रान्तिकारी पंक्ति चाहिएको उनले बताएका छन् । यो केपी ओलीकै नेतृत्वमा सम्भव भएको उनको भनाइ छ ।

’एमालेभित्र बाहिरी आक्रमण रोक्न चाहिने कुरा प्रतिस्पर्धा एकता, अनुशासन र संगठनको दृढताबाट मात्र सम्भव हुन्छ । पोखरेलजस्ता नेता एमालेका सम्पत्ति हुन्, तर संवेदनशील घडीमा नेतृत्व बदल्ने होइन, नेतृत्वलाई कसिलो बनाउने समय हो । पार्टी, देश र कार्यकर्ताको चाहना स्पष्ट छ — स्थिर एमाले, एकजुट एमाले, ओली नेतृत्वमा संगठित एमाले,’ बस्नेतले भनेका छन् ।