१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

राप्रपाले सबै तहको ६ महिना कार्यकाल थप गर्ने

राप्रपाले सबै तहको ६ महिना कार्यकाल थप गर्ने
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सबै तहको ६ महिना थप गर्ने निर्णय गरेको छ ।

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक यस्तो निर्णय गरेको हो ।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार कार्यसमितिको कार्यकाल मंसिर १८ सम्म रहेको हुदाँ बैठकले सबै तहको ६ महिना थप गर्ने निर्णय लिएको जानकारी दिनुभयो ।

बैठकले गरेका निर्णयहरु

१. पार्टीको केन्द्रदेखि सबै तहका समितिहरुको विधानको दफा ५९(२) बमोजिम, म्याद सकिएको मितिले ६ महिनाको लागि थप गर्ने निर्णय गरिएको छ।

२. मुलुकको समसामयिक परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्रीसँग भेट गर्ने निर्णय भएको छ।

३. राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारीका लागि दबाव दिने उद्देश्यले राप्रपाले मंसिर २३ गते काठमाण्डौंमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने निर्णय गरिएको छ।

४. वर्तमान सन्दर्भमा आम जनसमुदायमा राप्रपाको धारणा पुर्‍याउन देशव्यापी सभा र प्रदर्शनहरुको आयोजना गर्न एवं सभा र प्रदर्शन व्यवस्थापन गर्न प्रवक्ता ज्ञानेन्द्र शाही, प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री रविन्द्रप्रताप शाह र सहमहामन्त्री धन बहादुर बुढा रहेको समिति गठन गरिएको छ।

५. समान विचारधारा भएका दल, अभियान, समुह र व्यक्तिहरूसँग एकता, मोर्चा र सहकार्यका लागि वरिष्ठ नेता उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुब बहादुर प्रधान रहेको वार्ता समिति गठन गरिएको छ।

६. केन्द्रीय अनुशासन समितिको सिफारिश अनुसार पार्टीका मधेश प्रदेशका प्रदेश सभा सदस्य कञ्चन विच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरिएको छ। पार्टीको निर्देशन अवज्ञा गर्ने कार्यमा संलग्न बिच्छालाई मधेश प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय गरिएको छ।

७. ⁠सक्रिय सदस्यबाट महाधिवेशनको लागि प्रतिनिधि छनौटको लागि एकीकृत निर्वाचन निर्देशिका, २०७७ ले निर्धारण गरेको सक्रिय सदस्यको संख्याको व्यवस्थालाई नै निरन्तरता दिने निर्णय गरिएको छ।

८. पार्टीको विधानमा आवश्यक संशोधन गर्न कार्यसम्पादन समिति सदस्य निरञ्जन थापाको संयोजकत्वमा महामन्त्री भुवन पाठक र महामन्त्री कुन्ती शाही रहेको विधान मस्यौदा समिति गठन गरिएको छ।

९. महाधिवेशनको निर्वाचन प्रयोजनको लागि सांगठनिक निर्वाचन निर्देशिका जारी गर्न सक्ने व्यवस्था विधानको दफा ५१(३) ले केन्द्रीय निर्वाचन समितिलाई अधिकार दिएको हुँदा सोही बमोजिम गर्न केन्द्रीय निर्वाचन समितिलाई निर्देश गरिएको छ।

१०. सक्रिय सदस्यता वितरणका लागि सक्रिय सदस्यता वितरण निर्देशिका तयार गर्न वरिष्ठ नेता उपाध्यक्ष बिक्रम पाण्डे, उपाध्यक्ष हेमजंग गुरुङ र महामन्त्री राजेन्द्र गुरुङ रहेको समिति गठन गरिएको छ।

११. राप्रपाबाट बागमती प्रदेशको सभामुखको जिम्मेवारीमा प्रतिनिधित्व गर्नुभएका र उक्त पदबाट राजिनामा दिनुभएका भुवन पाठकलाई पार्टीको साविकको जिम्मेवारी महामन्त्री पदमा स्वागत गरिएको छ।

१२. पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्यमा केन्द्रीय सदस्य भरत पाठक र केन्द्रीय सदस्य धनसुर शाहीलाई थप गरिएको छ।

१३. पार्टीको जिल्ला अधिवेशनलाई अझ प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउन पर्यवेक्षकहरु थप गर्ने निर्णय गरिएको छ।

१४. प्रतिनिधि सभाको निर्वाचन र पार्टीको महाधिवेशनको कार्य अघि बढिसकेको सन्दर्भमा हाल प्रक्रियामा रहेको अनुशासन कारबाहीका विषयलाई स्थगन गर्ने तर अनुशासनको उल्लङ्घन हुने नयाँ विषयलाई भने स्थगन गरेको नमानिने भएको छ।

१५. महाधिवेशनको कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्न पार्टीका उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवल शमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल सम्मिलित समिति गठन गरिएको छ।

१६. जेनजी प्रदर्शनमा सहभागी भएकै कारणले मात्र विभिन्न ठाऊँमा धरपकड गर्ने, थुनामा राख्ने कार्य भएको छ । राप्रपा यस्ता कार्यको भर्त्सना गर्दै तत्काल त्यस्तो कारवाही रोक्न र गैरकानुनी थुनामा रहेका कार्यकर्तालाई विना शर्त रिहा गर्न राप्रपा सरकारसंग माग गर्दछ।

मोहन कुमार श्रेष्ठ

प्रवक्ता एवं प्रचार विभाग प्रमुख

११ मंसिर २०८२