३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रव्यापी कुङफु शनिबारदेखि



अ+ अ-

काठमाडौं । बाल विकास बोर्डिङ हाइ स्कुलको आयोजनामा प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिता शनिबारदेखि हुने भएको छ । आयोजक बाल विकासको २५ औं स्थापना दिवसका अवसरमा हुन लागेको प्रतियोगितामा सान्डामा २० र थाउलोमा १२ गरी ३२ स्पर्धामा प्रतिस्पर्धा हुने बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विभिन्न ४२ विद्यालयका करिब ४ खेलाडीको सहभागिता रहने छ ।

उपत्यका बाहिरबाट आउने खेलाडीलाई खाना र बस्न आयोजकले व्यवस्था गर्ने छ । बूढानीलकण्ठ नगरपालिका वार्ड नं. १, ३ र ५ को प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरु बूढानीलकण्ठस्थित आयोजककै हातामा हुने छ । दुईदिने प्रतियोगितामा नेपाल कुङफु संघको प्राविधिक सहयोग रहने छ ।