काठमाडौँ। युएईमा सुरु भएको १९ वर्षमुनिको एसिसि मेन्स प्रिमियर कपको पहिलो खेलमा नेपालले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको छ ।
साउदी अरेबियाले प्रस्तुत गरेको २१९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमै भेट्टाएको थियो । नेपालका लागि निरज कुमार यादवले ११४ रनको महत्वपूर्ण योगदान गरेका थिए । नब्बे बलको सामना गरेका उनले १३ चौका र १ छक्का प्रहार गरेका थिए । उनी म्यान अफ अफ द म्याच घोषित भए ।
यसैगरी निश्चल क्षेत्रीले महत्वपूर्ण ६६ रन बनाएका थिए । उनले पनि पाँच चौका र १ छक्का हानेका थिए । आक्रामक खेल प्रस्तुत गरेका निरज र निश्चलले १५५ रनको साझेदारी गरेका थिए । प्रारम्भिक व्याट्सम्यान वंश क्षेत्रीले पनि ३० रनको योगदान गरेका थिए ।
यसअघि नेपालले टस जितेर साउदी अरेबियालाई ब्याटिघको निम्तो दिएको थियो । साउदी टिमका प्रारम्भिक खेलाडीहरुले राम्रै स्कोर गरे पनि तल्लोक्रमका खेलाडी सस्तैमा आउट भएका थिए ।
नेपालका तर्फबाट अशोक धामीले २, दयानन्द मण्डल, शुसील बहादुर रावल, सिब्रिन श्रेष्ठ र दर्शन सोनारले एक एक विकेट लिएका थिए ।
नेपालको समूह क मा हङकङ र साउदी अरेबिया रहेका छन् । नेपालले यो जितसँगै २ अंक जोडेर पहिलो स्थानमा छ भने हङकङ दोस्रो स्थानमा छ ।










