१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको गोलमा बार्सिलोनाको जित



अ+ अ-

भारको मद्दतले प्राप्त विवादास्पद पेनाल्टीलाई लियोनल मेसीले गोलमा परिणत गरेपछि बार्सिलोनाले स्पेनिस लिगमा शनिबार राति रियल सोसिडाडलाई १–० ले हराएको छ । यो जितले कम्तीमा बार्सिलोनाको उपाधि होड यात्रा ठीक स्थानमा रह्यो । यस सिजन मेसीले गरेको यो २४ औं व्यक्तिगत गोल रह्यो । यस्तै पछिल्ला पाँच खेलमा चौथो गोल पनि रह्यो ।

गत साता एल क्लासिकोको रियल म्याड्रिडविरुद्धको खेल गुमाएपछि बार्सिलोनामा निराशा छाएको थियो । शनिबारको अर्को महत्त्वपूर्ण खेलमा एटलेटिको म्याड्रिड र सेभियाले २–२ को बराबरी खेले ।

लिग तालिकामा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ र एक खेल कम खेलेको रियलको ५६ अंक छ । यस्तै सेभिया ४७ अंकमा तेस्रो स्थानमा रहेको छ ।