२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीको सचिवालयको स्पष्टीकरणः ‘नियुक्ति विवादमा भ्रम फैलाइयो’



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले हाल उत्पन्न कर्मचारी नियुक्ति विवादबारे औपचारिक स्पष्टीकरण सार्वजनिक गरेको छ।

सोमबार प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जारी गरेको प्रेस विज्ञप्तिमा प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठप्रति लगाइएको आरोप निराधार रहेको बताइएको छ।

विज्ञप्तिअनुसार प्रमुख स्वकीय सचिव श्रेष्ठ ‘विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्ने व्यक्ति’ रहेको र प्रधानमन्त्रीले आफ्नो विश्वासको आधारमा उनलाई पदमा राखेको स्पष्ट गरिएको छ।

जेन–जी आन्दोलनको बलमा स्थापित वर्तमान सरकारले मितव्ययिता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै आएको भन्दै प्रेस संयोजक रावलले प्रधानमन्त्री कार्कीको काम शैली नै त्यही सिद्धान्तअनुसार रहेको दाबी गरेका छन्।

परिवारिक कारणले विश्वासिलो व्यक्ति छानिएको दाबी

प्रधानमन्त्री कार्कीले उच्च पदका स्वकीय जिम्मेवारीका लागि आफूले भरोसा गर्ने व्यक्तिलाई छान्न सक्ने अधिकार रहेको विज्ञप्तिमा उल्लेख छ।

रावलका अनुसार, “प्रधानमन्त्रीज्यूको परिवारमा श्रीमान् मात्र हुनुहुन्छ र उहाँहरूको वृद्ध उमेरका कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गर्नुभएको हो,” भनेर प्रमुख स्वकीय सचिव श्रेष्ठको नियुक्ति औचित्यसहित प्रस्तुत गरिएको छ।

नातेदारीका आरोप निराधार

हाल प्रमुख स्वकीय सचिव श्रेष्ठले आफ्नी श्रीमती संगीता श्रेष्ठलाई सहसचिव सरह सेवा–सुविधा पाउने गरी असोज २ गते प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति गरेको विषय सार्वजनिक भएपछि विवाद सुरु भएको थियो। त्यससँगै अन्य नातेदारलाई पनि सचिवालयमा प्रवेश गराएको आरोप लगाइएको छ।

तर प्रेस संयोजक रावलले यी सबै आरोप खारेज गर्दै थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा नातेदारको आरोप जथाभावी प्रक्षेपण गरिएको दाबी गरेका छन्। उनले यस्तो ‘लाञ्छना नलगाउन’ आग्रह पनि गरेका छन्।