१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्कटका बेला भारतले नेपाललाई गरेको सहयोग अविस्मरणीय छः मन्त्री घिसिङ



अ+ अ-

बागमती। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सङ्कटको समयमा भारतले नेपाललाई गरेको सहयोग अविस्मरणीय रहेको बताउनुभएको छ ।

हेटौँडामा आज आयोजित आपतकालीन प्रयोगका लागि भारतले दिएको बेलिब्रिज हस्तारण कार्यक्रममा मन्त्री घिसिङले नेपालमा विनाशकारी भूकम्पपछि सङ्कटको बेला भारतले गरेको सहयोग अविस्मरणीय रहेको चर्चा गर्नुभयो ।

नेपालको सडक, पुल निर्माणलगायत भारतको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले नेपालको पूर्वाधार विकास, कनेक्टिभिटी र विपद् प्रतिरोध क्षमतामा भारतले निरन्तर सहयोग गरी एक विश्वासनीय साझेदार भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

नेपालमा विपद्का बेलादेखि भौतिक पूर्वाधार विकास निर्माणको कामसम्ममा भारतले एक छिमेकीको मात्र नभई एक विश्वसनीय साझेदारको रुपमा भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो । भारतको सहयोगमा निर्मित हुलाकी सडकले तराई क्षेत्रमा यातायातको पहुँच विस्तारसँगै सो क्षेत्रको नागरिकको जीवनस्तर नै परिवर्तन भएको मन्त्री घिसिङले बताउनुभयो । भारतको सहयोगमा निर्माण भएका पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकले नेपालको राष्ट्रिय यातायात र व्यापारको मेरुदण्डलाई सुदृढ बनाएको उहाँले बताउनुभयो ।

यातायात पूर्वाधारबाहेक शिक्षा, स्वास्थ्य, ऊर्जा र क्षमता निर्माणलगायत सामाजिक क्षेत्रमा भारतको सहयोगले सकारात्मक प्रभाव पारेको बताउँदै मन्त्री घिसिङले भारतको सहयोगले नेपालको समग्र विकासमा कोसेढुङ्गा सावित भइरहेको बताउनुभयो ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको हरेक समस्यामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनुभयो । रासस