१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रग्बी टोली बङ्गलादेश प्रस्थान



अ+ अ-

काठमाडौँ। बङ्गलादेश इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ ।

ढाका प्रस्थान गर्ने खेलाडीहरुमा श्रीराम श्रेष्ठ, विराट श्रेष्ठ, विवेश वासु, विक्रम पुरी, नवीन महर्जन, कपिल सापकोटा, सरोज कपाली, रोहन डङ्गोल, सन्दीप राई, गणेश बानियाँ, रोशन बम्जन, नवीनबहादुर मगर, प्रमेश चौधरी, सुरज रानामगर, पुजन फेवाली, मिलन थापा, शेरबहादुर वली, सञ्जय अधिकारी, मोहम्मद इसाद हुसैन, अनिल माझी, अनिश श्रेष्ठ, विष्णु खड्का, रमितबहादुर माल, निरोज कार्की, दिपेन्द्र चौधरी र मशेस सुनार रहेका छन्

नेपालले यही मङ्सिर ७ गते र मङ्सिर ८ गते खेल खेल्नेछ । नेपाली टोलीको प्रशिक्षकमा कृष्ण थापा र विनोद तामाङ तथा व्यवस्थापकमा गोपाल क्षेत्री र फिजियोमा देवन थापा छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका सदस्यत्रय प्रकाशकुमार कुसारी, अञ्जना श्रेष्ठ र हिमालकुमार श्रेष्ठ, नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटा, महासचिव गोविन्द घिमिरेलगायतले आज यहाँ आयोजित  एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

यो प्रतियोगिता गत भदौ २९ देखि ३१ गतेसम्म नेपालमा हुने तय भएको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण उक्त प्रतियोगिता स्थगित भएको थियो ।