१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा

भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
अ अ+ अ-

भक्तपुर। भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेदिक अस्पतालको आयुर्वेद तथा वैकल्पिक चिकित्साको मूल्याङ्कन गरी उत्कृष्ट घोषणा गरेको हो ।

प्रदेश मातहत रहेका प्रादेशिक अस्पतालमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिनुभयो ।

अस्पतालले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनका विभिन्न शीर्षकअन्तर्गत रहेका सूचकको मूल्याङ्कनमा कूल १०० अङ्कमध्ये भक्तपुर अस्पतालले ७१ दशमलव १० अङ्क प्राप्त गर्दै भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको जानकारी दिनुभयो ।

मन्त्रालयकी सचिव डा गौतम यस अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएर आएपछि रिफरल सेन्टरका रुपमा रहेको भक्तपुर अस्पतालाई नमुनाका रुपमा सेवा विस्तार गर्दै प्रदेशको उत्कृष्ट अस्पताल बनाउन सफल हुनु भएको थियो ।

भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले यस वर्ष पनि प्रदेशभित्रको अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट भएको बताउँदै केन्द्रीय मूल्याङ्कनमा पनि पुनःउत्कृष्ट हुनेगरी कार्यसम्पादन गरिरहेको बताउनुभयो ।

एक सय अङ्कमध्ये ७० दशमलव ७२ प्राप्त गरी त्रिशूली अस्पताल प्रदेशमा दोस्रो हुन सफल भएको छ भने चौतारा अस्पताल तेस्रो भएको छ ।

त्यसैगरी, बागमती प्रदेश सरकार मातहत रहेका जनस्वास्थ्य कार्यालयमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ । जनस्वास्थ्य कार्यालय धादिङ ७० दशमलव ८६ अङ्क प्राप्त गरी दोस्रो भएको छ भने जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले ७० दशमलव ६४ अङ्क प्राप्त गरी तेस्रो भएको उहाँले जानकारी दिनुभयो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयतर्फ सिन्धुली जिल्ला ७२ दशमलव ६० अङ्क प्राप्त गरी उत्कृष्ट भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले ७० दशमलव १० अङ्क प्राप्त गरी दोस्रो र चितवन जिल्ला तेस्रो भएको छ ।

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका अस्पताल जनस्वास्थ्य कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, उपकरण थप गर्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै अगाडि बढेको बताउनुभयो ।

कुनै पनि स्वास्थ्य नराखी मन्त्रालयको नीति र निर्देशनअनुसार काम गर्न निर्देशन दिँदै उहाँले कतैबाट पनि गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभयो । रासस