१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त



अ+ अ-

भक्तपुर। सरकारले भक्तपुरस्थित सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पनाकुमारी श्रेष्ठलाई नियुक्त गरेको छ ।

स्वास्थ्य मन्त्रालयको सिफारिसमा सोही केन्द्रमा लामो समयदेखि कार्यरत ‘सिनियर कन्सल्टेन्ट नेफ्रोलोजिस्ट’ (मिर्गौला रोग विशेषज्ञ) श्रेष्ठलाई केंन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यसअघि उक्त पदमा वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा पुकारचन्द्र श्रेष्ठ रहनुभएको थियो । उहाँको गत महिना अवकाश भएपछि रिक्त रहेको सो पदमा श्रेष्ठलाई नियुक्त गरिएको अस्पतालका प्रशासन प्रमुख हरि पोखरेलले जानकारी दिनुभयो ।

उहाँले आजै पदभार ग्रहण गर्नुभएको छ ।  रासस