३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमराको स्थिति सामान्य हुँदै : गृह मन्त्रालय



अ+ अ-

काठमाडौँ। गृह मन्त्रालयले आज बाराको सिमरामा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्थिति सामान्य बन्दै गएको जनाएको छ ।

आज साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त घटनाबाट सिर्जित अवस्थालाई नियन्त्रणमा लिइ स्थिति सामान्य बनाउँदै शान्तिसुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गएको जनाएको हो ।

मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ ।

“मुलुकमा शान्तिसुरक्षा कायम राख्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैको आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको छ ।

यसका लागि सबै पक्षले आआफ्नो कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वयमा शान्तिपूर्वक तरिकाले व्यवस्थित र मर्यादापूर्वक सञ्चालन गर्नु गराउनु वाञ्छनीय रहन्छ”, विज्ञप्तिमा उल्लेख छ । रासस