१५ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुटखेती मासेर धानखेतीमा किसान



अ+ अ-

विराटनगर। पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका किसान जुटखेती मासेर धानखेतीमा लागेका छन् ।

जुट उत्पादन गर्ने किसानको बजार सुनिश्चित हुन नसक्दा उनीहरुले जुटखेती लगाउन छाडेका हुन् । जुटखेती उत्पादन घटेसँगै कच्चापदार्थको अभावमा स्थानीय जुट उद्योग बन्द हुन थालेका छन् ।

जुट प्रशोधनका लागि आवश्यक पानीका नाला तथा घोल लोप हुँदै गएको र प्लाष्टिकजन्य उत्पादनले बजार लिएको स्थानीय किसान बताउँछन् । भारत तथा बङ्गलादेशबाट उत्पादित जुटका कारण प्रतिस्पर्धा गर्न कठिन भएपछि जुटखेती फस्टाउन नसकेको उनीहरुको भनाइ छ ।

सुनसरीस्थित जुट अनुसन्धान कार्यालयका अनुसार यस वर्ष देशभरिमा कूल ११ हजार हेक्टर जग्गामा जुटखेती भएको छ । जुटखेतीतर्फ आकर्षण घटेपछि उत्पादन घटेको र मूल्य भने बढेको छ । मोरङमा सात हजार, सुनसरी र झापामा दुई हजारका दरले चार हजार गरी जम्मा ११ हजार हेक्टर जमिनमा जुटखेती हुने गरेको सो कार्यालयले जनाएको छ ।

यसैगरी, पश्चिम नेपालको कैलाली र बर्दियामा करिब २०० हेक्टरमा जुटखेती हुने गरेको तथ्याङ्क छ । प्रतिहेक्टर एक मेट्रिकटनदेखि डेढ मेट्रिकटन उत्पादन हुने जुट यसपटक घटेको कार्यालयका प्रमुख सन्तोष त्रिपाठीले जानकारी दिनुभयो । पूर्वी तराईका तीन जिल्लामा प्रशस्तमात्रामा जुटखेती हुने गरेकामा पछिल्ला वर्षमा क्रमशः घट्दै गएको छ ।

कार्यालय प्रमुख त्रिपाठीका अनुसार अनुसन्धान कार्यालय परिसरमा १० हेक्टर जग्गामा जुटको बीउ उत्पादन हुने गरेको छ । इटहरी उपमहानगरपालिकाको– १, २ र ४ मा उन्नत जातका बीउ उत्पादन गरी परीक्षणसमेत भइसकेको र अब वडा नंं ६ र ८ मा पनि बीउ उत्पादन गर्ने लक्ष्यका साथ तयारी अघि बढेको छ ।

नेपालमा केही वर्षअघिसम्म साना–ठूला गरी ११ वटा जुट उद्योग सञ्चालनमा थिए । हाल छ वटा मात्र सञ्चालनमा छन् । जसमध्ये सुनसरीको अरिहन्त फाइवर मल्टिपल उद्योग सबैभन्दा ठूलो उद्योग हो । जुटमिलका लागि विराटनगर क्षेत्र प्रसिद्ध रहे पनि अहिले जुटखेतीमा आएको ह्रास र किसानको रोजाइमा नपरेपछि जुट उद्योगका मजदुरको रोजगारी घट्न थालेको छ । जुटको बोरा, कार्पेट, लुगा र झोलाजस्ता सामान उत्पादन हुने गर्छ ।

जुट उद्योग सङ्गठन मोरङका अनुसार दैनिक प्रयोगमा आउने कार्पेट, बोराका लागि आवश्यक कच्चापदार्थको अभावमा उद्योग धरासायी बन्दै गएको हो । नेपालमा उत्पादित जुटले नेपालमा रहेका उद्योगका लागि १० प्रतिशत मात्र कच्चापदार्थ पुग्छ भने बाँकी जुट बङ्गलादेश र भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । यस वर्ष जुटको मूल्य वृद्धि भई ४० केजीको रु पाँच हजार पुगेको छ ।

पर्यावरणमैत्री, जुटको पातबाट खेतलाई पर्याप्त प्राङ्गारिक मल उत्पादन हुने र जुट प्रशोधनका क्रममा निस्कने डाँठ (सन्ठी) दाउराका लागि काम लाग्ने भएकाले यसतर्फ किसानलाई राज्यले आकर्षित गर्न प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने सुनसरीको गढी गाउँपालिका–२ जमुवाका शिक्षक पर्शुराम चौधरी बताउनुहुन्छ । रासस




भर्खरै