१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

जुटखेती मासेर धानखेतीमा किसान

जुटखेती मासेर धानखेतीमा किसान
अ अ+ अ-

विराटनगर। पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका किसान जुटखेती मासेर धानखेतीमा लागेका छन् ।

जुट उत्पादन गर्ने किसानको बजार सुनिश्चित हुन नसक्दा उनीहरुले जुटखेती लगाउन छाडेका हुन् । जुटखेती उत्पादन घटेसँगै कच्चापदार्थको अभावमा स्थानीय जुट उद्योग बन्द हुन थालेका छन् ।

जुट प्रशोधनका लागि आवश्यक पानीका नाला तथा घोल लोप हुँदै गएको र प्लाष्टिकजन्य उत्पादनले बजार लिएको स्थानीय किसान बताउँछन् । भारत तथा बङ्गलादेशबाट उत्पादित जुटका कारण प्रतिस्पर्धा गर्न कठिन भएपछि जुटखेती फस्टाउन नसकेको उनीहरुको भनाइ छ ।

सुनसरीस्थित जुट अनुसन्धान कार्यालयका अनुसार यस वर्ष देशभरिमा कूल ११ हजार हेक्टर जग्गामा जुटखेती भएको छ । जुटखेतीतर्फ आकर्षण घटेपछि उत्पादन घटेको र मूल्य भने बढेको छ । मोरङमा सात हजार, सुनसरी र झापामा दुई हजारका दरले चार हजार गरी जम्मा ११ हजार हेक्टर जमिनमा जुटखेती हुने गरेको सो कार्यालयले जनाएको छ ।

यसैगरी, पश्चिम नेपालको कैलाली र बर्दियामा करिब २०० हेक्टरमा जुटखेती हुने गरेको तथ्याङ्क छ । प्रतिहेक्टर एक मेट्रिकटनदेखि डेढ मेट्रिकटन उत्पादन हुने जुट यसपटक घटेको कार्यालयका प्रमुख सन्तोष त्रिपाठीले जानकारी दिनुभयो । पूर्वी तराईका तीन जिल्लामा प्रशस्तमात्रामा जुटखेती हुने गरेकामा पछिल्ला वर्षमा क्रमशः घट्दै गएको छ ।

कार्यालय प्रमुख त्रिपाठीका अनुसार अनुसन्धान कार्यालय परिसरमा १० हेक्टर जग्गामा जुटको बीउ उत्पादन हुने गरेको छ । इटहरी उपमहानगरपालिकाको– १, २ र ४ मा उन्नत जातका बीउ उत्पादन गरी परीक्षणसमेत भइसकेको र अब वडा नंं ६ र ८ मा पनि बीउ उत्पादन गर्ने लक्ष्यका साथ तयारी अघि बढेको छ ।

नेपालमा केही वर्षअघिसम्म साना–ठूला गरी ११ वटा जुट उद्योग सञ्चालनमा थिए । हाल छ वटा मात्र सञ्चालनमा छन् । जसमध्ये सुनसरीको अरिहन्त फाइवर मल्टिपल उद्योग सबैभन्दा ठूलो उद्योग हो । जुटमिलका लागि विराटनगर क्षेत्र प्रसिद्ध रहे पनि अहिले जुटखेतीमा आएको ह्रास र किसानको रोजाइमा नपरेपछि जुट उद्योगका मजदुरको रोजगारी घट्न थालेको छ । जुटको बोरा, कार्पेट, लुगा र झोलाजस्ता सामान उत्पादन हुने गर्छ ।

जुट उद्योग सङ्गठन मोरङका अनुसार दैनिक प्रयोगमा आउने कार्पेट, बोराका लागि आवश्यक कच्चापदार्थको अभावमा उद्योग धरासायी बन्दै गएको हो । नेपालमा उत्पादित जुटले नेपालमा रहेका उद्योगका लागि १० प्रतिशत मात्र कच्चापदार्थ पुग्छ भने बाँकी जुट बङ्गलादेश र भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । यस वर्ष जुटको मूल्य वृद्धि भई ४० केजीको रु पाँच हजार पुगेको छ ।

पर्यावरणमैत्री, जुटको पातबाट खेतलाई पर्याप्त प्राङ्गारिक मल उत्पादन हुने र जुट प्रशोधनका क्रममा निस्कने डाँठ (सन्ठी) दाउराका लागि काम लाग्ने भएकाले यसतर्फ किसानलाई राज्यले आकर्षित गर्न प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने सुनसरीको गढी गाउँपालिका–२ जमुवाका शिक्षक पर्शुराम चौधरी बताउनुहुन्छ । रासस