१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै गुमायो दुई विकेट



अ+ अ-

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै दुवै ओपनरलाई गुमाएको छ।

सुदूरपश्चिम रोयल्सका दुवैजना ओपनर पहिलो ओभरमै खाता नखोली आउट भएका छन् । पहिलो ओभरको दोस्रो बलमा जोश ब्राउन र छैटौँ बलमा विनोद भण्डारीलाई करण केसीले पवेलियन पठाएका हुन्।

त्यसपछि काठमाडौंका कप्तान केसीले दोस्रो ओभरको पाँचौँ बलमा क्रिस ल्योनलाई पनि आउट गरेका छन् ।

सुरुवाती दुई बल सामना गरेका ब्राउन पहिलो विकेटका रुपमा क्रिजबाट बाहिरिए । उनलाई करणको एलबीडब्ल्यू धरापमा परेका थिए ।