१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमान्डु गोर्खाजले टस जितेर बलिङ रोज्यो



अ+ अ-

 काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तररास्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै भएको टसमा काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।

यससँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्नेछ । आज दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रेका छन् । यसअघि भएको पहिलो खेलमा काठमाडौँले जनकपुर बोल्ट्सलाई पाच विकेटले हराएको थियो । यता पहिलो संस्करणको उपविजेतासमेत बनेको सुदूरपश्चिमको यो पहिलो खेल हो ।

काठमाडौँका लागि केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा, जेरहार्ड इरस्मस, जोहन सिम्पसन, बेन चाल्र्सवर्थ र सन्नी पटेल खेल्दैछन् ।

सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मित सिंह, जोस ब्राउन र ध्रुव प्रासर मैदानमा उत्रेका छन् ।