३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बक्सिङ टोली स्वदेश फर्किए



अ+ अ-

काठमाडौं । जोर्डनको अमानमा भएको एसिया/ओसियाना टोकियो ओलम्पिक– २०२० बक्सिङ छनोटमा सहभागी भइ नेपाली बक्सिङ टोली सोमबार राती स्वदेश फर्किएको छ । मार्च ३ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मिनु गुरुङले प्रतिस्पर्धा गरेका थिए । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन्।

सनिलले १ बाउट जिते । उनले किर्गिस्तानका उन्मोनोभ बखोदुरलाई पराजित गरेका थिए । नेपाली बक्सिङको इतिहासमा कुनैपनि खेलाडीले ओलम्पिक छनोटमा हासिल गरेको यो नै पहिलो जित भएको नेपाल बक्सिङ संघले जनाएको छ । मिनुलाई भने कोरियाली खेलाडी इम अईजीले पहिलो चरणमै हराइन् ।

प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगर र अलिशेर राखिमोभ रहेका छन् । टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।