१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत हाल्ने अवसर गुमाउन नहुने बताउनुभएको छ ।

सचिवालयबाट आज भिडियो सन्देश जारी गर्दै मन्त्री अर्यालले सरकारले कानुनी राज्यविहीनताबाट देशलाई सम्हाल्दै सुशासन कायम गरी फागुन २१ मा निर्वाचन गर्ने म्यान्डेट प्राप्त भएको उल्लेख गर्दै मताधिकार सुनिश्चित गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभएको छ, “निर्वाचन लोकतन्त्रको आधारशीला हो । वर्तमान सरकार कानुनी राज्यविहीनताबाट देशलाई सम्हाल्दै सुशासन कायम गरी तोकिएको समयमा निर्वाचन गर्ने म्यान्डेट रहेको छ । यसैले सबैको मताधिकार सुनिश्चित गराउने मुख्य आधार भनेको मतदाता नामामवलीमा नाम दर्ता गराउने भएकाले नाम दर्ता गराउन अनुरोध छ ।”

उहाँले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाईन प्रणालीबाट र बाँकी सबैले निर्वाचन आयोगको कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने पनि जानकारी दिनुभएको छ । हाल मङ्सिर ५ गतेसम्म नाम दर्ता गराउने समय थप भएकाले यो अवसरबाट कोही पनि नछुट्न उहाँले सार्वजनिक अनुरोध गर्नुभएको छ । रासस