५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा वातावरणमैत्री विद्यालय र विद्यार्थी अभियान सुरू



अ+ अ-

भक्तपुर। प्रत्येक विद्यालय र विद्यार्थीलाई वातावरण संरक्षणसँग जोडेर विद्यालय हुँदै घरसम्म वातावरणमैत्री बनाउन मध्यपुरथिमि नगरपालिकाबाट  ‘वातावरणमैत्री विद्यालय र विद्यार्थी’ अभियान सुरू गरिएको छ ।

प्रत्येक साता भक्तपुर जिल्ला सरसफाइ र वातावरण संरक्षणको कार्य गर्दै आएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान प्रवर्द्धन केन्द्र, नेपाल’ले आज मध्यपुरथिमि-३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयबाट अभियान सुरू गरिएको हो ।

कार्यक्रममा नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले तरकारीको बीउ र बिरुवा रोप्दै सुरू गरिएको अभियान  आज सातवटा विद्यालयमा एकैसाथ सुरु गरिएको हो । उहाँले नगरपालिकाले प्रत्येक विद्यालयलाई योगमय र वातावरणमैत्री बनाउन कार्यपालिका बैठकबाटै निर्णय गरी लागू गर्ने तयारी गरेको बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “विद्यार्थीलाई व्यवहारिक शिक्षा आवश्यक छ, पढाइसँगै संस्कारयुक्त शिक्षा आजको आवश्यकता भएकाले नगरपालिकाले निर्णय गरेर प्रत्येक शुक्रबार विद्यालयमा मानवीय जीवनसँग सम्बन्धित र व्यवहारिक विषय सिकाउने, योग, ध्यान सिकाउने र वातावरण संरक्षणको शिक्षासँगै बिरुवा रोप्ने एवं संरक्षणसम्मको ज्ञान दिने तयारी गरेका छौँ ।”

कार्यक्रममा मध्यपुरथिमि–३ का वडाध्यक्ष एवं आस्था महिला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि आचार्यले प्रत्येक विद्यालय वातावणमैत्री र प्रत्येक विद्यार्थीमा वातावरण सफा राख्नुपर्ने चेतना पु¥याउन सके समाज सफा हुने बताउनुभयो ।

कार्यक्रममा ‘राष्ट्रका लागि दुई घण्टा अभियान प्रवर्द्धन केन्द्र, नेपाल’ का अध्यक्ष मधु ढुङ्गेलले प्रत्येक शनिबार बिहान दुई घण्टा सरसफाइ र वातावरण संरक्षणको क्षेत्रमा काम भइरहेको बताउनुभयो । त्यस क्रममा आजदेखि विद्यालयमा अभियान सञ्चालन गरिएको र प्रत्येक नगरपालिकासँग समन्वय गर्दै अभियानलाई तीव्रता दिने बताउनुभयो ।

अभियानका संयोजक नरेश रजितले मध्यपुरथिमिबाट सुरु गरेको वातारवणमैत्री विद्यालय र विद्यार्थी कार्यक्रमलाई देशव्यापी रूपमा सन्देश प्रवाह गर्ने गरी अगाडि बढाउने बताउनुभयो ।

अभियानका महासचिव नवराज काफ्लेले मध्यपुरथिमि नगरपालिकाभित्र मध्यपुरथिमि–३ को आस्था महिला विद्यालय, कौशल्टारको कौशल्टार इङ्लिस सेकेण्डरी स्कुल, चाँगुनारायण नगरपालिका–२ दुवाकोटको मित्रश्री पाठशाला, सूर्यविनायक नगरपालिका–५ कटुञ्जेको कटुञ्जे आधारभुत विद्यालय, सोही ठाउँको युनिक एकेडेमी सेकेण्डेरी स्कुल र गणेश आधारभुत विद्यालयमा आजदेखि अभियान सुरु गरिएको जानकारी दिनुभयो । रासस