१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

भक्तपुरमा वातावरणमैत्री विद्यालय र विद्यार्थी अभियान सुरू

भक्तपुरमा वातावरणमैत्री विद्यालय र विद्यार्थी अभियान सुरू
अ अ+ अ-

भक्तपुर। प्रत्येक विद्यालय र विद्यार्थीलाई वातावरण संरक्षणसँग जोडेर विद्यालय हुँदै घरसम्म वातावरणमैत्री बनाउन मध्यपुरथिमि नगरपालिकाबाट  ‘वातावरणमैत्री विद्यालय र विद्यार्थी’ अभियान सुरू गरिएको छ ।

प्रत्येक साता भक्तपुर जिल्ला सरसफाइ र वातावरण संरक्षणको कार्य गर्दै आएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान प्रवर्द्धन केन्द्र, नेपाल’ले आज मध्यपुरथिमि-३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयबाट अभियान सुरू गरिएको हो ।

कार्यक्रममा नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले तरकारीको बीउ र बिरुवा रोप्दै सुरू गरिएको अभियान  आज सातवटा विद्यालयमा एकैसाथ सुरु गरिएको हो । उहाँले नगरपालिकाले प्रत्येक विद्यालयलाई योगमय र वातावरणमैत्री बनाउन कार्यपालिका बैठकबाटै निर्णय गरी लागू गर्ने तयारी गरेको बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “विद्यार्थीलाई व्यवहारिक शिक्षा आवश्यक छ, पढाइसँगै संस्कारयुक्त शिक्षा आजको आवश्यकता भएकाले नगरपालिकाले निर्णय गरेर प्रत्येक शुक्रबार विद्यालयमा मानवीय जीवनसँग सम्बन्धित र व्यवहारिक विषय सिकाउने, योग, ध्यान सिकाउने र वातावरण संरक्षणको शिक्षासँगै बिरुवा रोप्ने एवं संरक्षणसम्मको ज्ञान दिने तयारी गरेका छौँ ।”

कार्यक्रममा मध्यपुरथिमि–३ का वडाध्यक्ष एवं आस्था महिला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि आचार्यले प्रत्येक विद्यालय वातावणमैत्री र प्रत्येक विद्यार्थीमा वातावरण सफा राख्नुपर्ने चेतना पु¥याउन सके समाज सफा हुने बताउनुभयो ।

कार्यक्रममा ‘राष्ट्रका लागि दुई घण्टा अभियान प्रवर्द्धन केन्द्र, नेपाल’ का अध्यक्ष मधु ढुङ्गेलले प्रत्येक शनिबार बिहान दुई घण्टा सरसफाइ र वातावरण संरक्षणको क्षेत्रमा काम भइरहेको बताउनुभयो । त्यस क्रममा आजदेखि विद्यालयमा अभियान सञ्चालन गरिएको र प्रत्येक नगरपालिकासँग समन्वय गर्दै अभियानलाई तीव्रता दिने बताउनुभयो ।

अभियानका संयोजक नरेश रजितले मध्यपुरथिमिबाट सुरु गरेको वातारवणमैत्री विद्यालय र विद्यार्थी कार्यक्रमलाई देशव्यापी रूपमा सन्देश प्रवाह गर्ने गरी अगाडि बढाउने बताउनुभयो ।

अभियानका महासचिव नवराज काफ्लेले मध्यपुरथिमि नगरपालिकाभित्र मध्यपुरथिमि–३ को आस्था महिला विद्यालय, कौशल्टारको कौशल्टार इङ्लिस सेकेण्डरी स्कुल, चाँगुनारायण नगरपालिका–२ दुवाकोटको मित्रश्री पाठशाला, सूर्यविनायक नगरपालिका–५ कटुञ्जेको कटुञ्जे आधारभुत विद्यालय, सोही ठाउँको युनिक एकेडेमी सेकेण्डेरी स्कुल र गणेश आधारभुत विद्यालयमा आजदेखि अभियान सुरु गरिएको जानकारी दिनुभयो । रासस