५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा ‘सेरामिकजन्य’ वस्तु उत्पादन कला प्रशिक्षण सुरु



अ+ अ-

काठमाडौँ। नेपाल हस्तकला महासङ्घले ‘सेरामिकजन्य’ वस्तु(माटो कला) उत्पादन र छ्वाली कलामा सीप एवं दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण सुरु गरेको छ ।

नेपाल पयर्टन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा आजदेखि प्रशिक्षण सुरू गरिएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लुम्बिनीमा ३० दिने सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन तथा १५ दिने छ्वाली कला विधा प्रशिक्षण सुरु भएको आयोजकले जनाएको छ ।

महासङ्घका उपाध्यक्ष एवं कला तथा शिल्प परिषद्का सभापति नवीन शाक्यको सभापतित्व एवं लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यतामा प्रशिक्षण शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राई, लुम्बिनी होटल एसोसिएसन नेपालका अध्यक्ष गोविन्दप्रसाद ज्ञवाली, महासचिव पुरुषोत्तम अर्याल, लुम्बिनी सांस्कृतिक नगरपालिका पर्यटन समन्वय शाखा प्रमुख फणीन्द्रकुमार पाल, सामाजिक विकास शाखा प्रमुख शेषराम यादव र उद्यम विकास सहजकर्ता निरमा थारुको उपस्थिति रहेको थियो । रासस