१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा ‘सेरामिकजन्य’ वस्तु उत्पादन कला प्रशिक्षण सुरु



अ+ अ-

काठमाडौँ। नेपाल हस्तकला महासङ्घले ‘सेरामिकजन्य’ वस्तु(माटो कला) उत्पादन र छ्वाली कलामा सीप एवं दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण सुरु गरेको छ ।

नेपाल पयर्टन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा आजदेखि प्रशिक्षण सुरू गरिएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लुम्बिनीमा ३० दिने सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन तथा १५ दिने छ्वाली कला विधा प्रशिक्षण सुरु भएको आयोजकले जनाएको छ ।

महासङ्घका उपाध्यक्ष एवं कला तथा शिल्प परिषद्का सभापति नवीन शाक्यको सभापतित्व एवं लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यतामा प्रशिक्षण शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राई, लुम्बिनी होटल एसोसिएसन नेपालका अध्यक्ष गोविन्दप्रसाद ज्ञवाली, महासचिव पुरुषोत्तम अर्याल, लुम्बिनी सांस्कृतिक नगरपालिका पर्यटन समन्वय शाखा प्रमुख फणीन्द्रकुमार पाल, सामाजिक विकास शाखा प्रमुख शेषराम यादव र उद्यम विकास सहजकर्ता निरमा थारुको उपस्थिति रहेको थियो । रासस