१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

स्वास्थ्य केन्द्रका लागि पाँच रोपनी बढी जग्गा दान

स्वास्थ्य केन्द्रका लागि पाँच रोपनी बढी जग्गा दान
अ अ+ अ-

तनहुँ। जिल्लाको व्यास नगरपालिका–१४ स्थित केशवटार आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि यहाँका दुई व्यक्तिले पाँच रोपनी १२ आना जग्गा दान गरेका छन् ।

स्थानीय अमृता आले र नरबहादुर थापाले करिब रु चालिस लाख बराबरको जग्गा दान गरेका हुन् । पहिलो चरणमा एक ढलानको चारकोठे सुविधा सम्पन्न भवन निर्माणको लागि काम सुरु गरिएको कार्यवाहक वडाध्यक्ष दुर्गा आलेले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाको सहयोगमा रु पच्चीस लाख बजेट विनियोजनपश्चात भवन निर्माणका लागि शिलान्यास गरी काम अघि बढाइएको कार्यवाहक वडाध्यक्ष आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा कार्यालय परिसरमा रहेको एक भवनबाट काम चलाउ किसिमले स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छौँ ।”

विसं २०७२ को भूकम्पले उक्त भवन चर्किएर छियाछिया भएकाले जोखिम मोलेर कर्मचारीले सेवा दिँदै आएकाले नयाँ भवनका लागि पहल गरिएको हो ।

उक्त स्वास्थ्य केन्द्रमा वडावासीका साथै छिमेकी पालिका बन्दीपुर–३ का सुखौरा र रामकोटलगायत क्षेत्रका बासिन्दाले सहज रूपमा सेवा लिँदै आएको अध्यक्ष आलेले बताउनुभयो । रासस