१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ



नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द युएईमा हुने एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई मङ्गलबार काठमाडौँमा नेपालको राष्ट्रिय झण्डा सहित बिदाइ गर्नुहुँदै । तस्बिरः विमलबहादुर विष्ट / रासस
अ+ अ-

काठमाडौँ।  युएईमा यही मङ्सिर ५ गते (नोभेम्बर २१) देखि सुरु हुन लागेको एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको आज बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाइ गर्नुभयो । उहाँले नेपाली खेलाडी कुनै पनि देशका खेलाडीभन्दा कमजोर नरहेको उल्लेख गर्दै प्रतियोगितामा उत्कृष्ट नतिजा आउने विश्वास प्रकट गर्नुभयो ।

अध्यक्ष चन्दले नेपाली क्रिकेटको भविष्य यिनै उदाउँदा युवा प्रतिभाहरूकै काँधमा रहेकाले समर्थन र सहयोगका लागि क्यान सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली यु–१९ टोलीका कप्तान अशोक धामीले टोलीका सबै खेलाडीले लामो समयदेखि कडा परिश्रम, अनुशासन र समर्पणसहित प्रतियोगिताको तयारी गरेको बताउँदै एसिसी यु–१९ प्रिमियर कप जित्ने लक्ष्यसहित युएई प्रस्थान गर्न लागेको बताउनुभयो ।

नेपाल क्रिकेट सङ्घका अनुसार उक्त प्रतियोगितामा सहभागी हुनका लागि १४ जना खेलाडीको बिदाइ गरिएको हो । रासस