१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको जन्मघरबाट ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ सुरू



अ+ अ-

तेह्रथुम। जेन्जी आन्दोलनका क्रममा आगजनी भएको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आठराईस्थित ईवा गाउँको जन्म घरबाट आज ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ औपचारिक रूपमा सुरू गरिएको छ।

ईवामा आयोजित विशेष समारोहमा राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले अभियान शुभारम्भ गरिएको घोषणा गरेका हुन् । कार्यक्रममा उनले ओलीको घरबाट सुरू भएको पुनर्निर्माण अभियान अब देशभर विस्तार गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाइने घोषणा गरे।
यस अभियानमार्फत आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाहरू क्रमिक रूपमा पुनःनिर्माण गर्ने, जनस्तरमा राष्ट्रिय एकता र सहअस्तित्वको सन्देश फैलाउने तथा युवालाई विकास–निर्माणमा सक्रिय बनाउने उद्देश्य रहेको थेवेले बताए ।

राष्ट्रिय युवा संघका तेह्रथुम जिल्ला अध्यक्ष अनिल नेपालका अनुसार पूर्वप्रधानमन्त्री ओलीको जलेको घर नेकपा (एमाले) तेह्रथुम, पालिका कमिटी तथा युवा संघ तेह्रथुमको संयोजनमा पुनर्निर्माण गरिने छ।