१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

एनपिएलको चौथो अर्धशतक मार्टिन र पाँचौँ लोकेशको नाममा

एनपिएलको चौथो अर्धशतक मार्टिन र पाँचौँ लोकेशको नाममा
अ अ+ अ-

काठमाडौँ। काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चौथो  अर्धशतक बनाउने मार्टिन गुप्टिल र पाँचौँ अर्धशतक हिर्काउने खेलाडी लोकेश बम भएका छन् । यी दुवै खेलाडी विराटनगर किङ्सका हुन् ।

मार्टिन र लोकेशले आज भएको पोखरा एभेन्जर्सविरूद्धको खेलमा अर्धशतक जोडे । मार्टिनले २८ बलमा अर्धशतक पूरा गरे । ३५ बल खेलेका मार्टिन ६१ रनमा आउट भए ।

यस्तै लोकेश बमले ३७ रनमा अर्धशतक पुर्‍याए ।  ४७ बलमा ७२ रन बनाएर लोकेश पभेलियन फर्किए । लोकेश र मार्टिनले १४६ रनको ओपनिङ साझेदारीसमेत गरे । यसअघि तेस्रो अर्धशतक हिर्काउने खेलाडीमा रवी बोपरा बनेका थिए ।

चितवन राइनोजका अलराउण्डरसमेत रहेका रवीले आज भएको पहिलो खेलमा कर्णाली याक्सविरूद्ध ३५ बलमा  अर्धशतक प्रहार गरेका हुन् ।

यसअगाडि पहिलो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर  प्रियान्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए ।

पहिलो अर्धशतक भने जनकपुर बोल्ट्सका ब्याट्सम्यान आशिफ शेखको नाममा छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ ।
—