१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका क्रममा दुवै आँखा गुमाएका घाइते भेट्न अस्पतालमा प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाउनुभएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उहाँले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भलाकुसारी गर्नुभयो।

वीरेन्द्रनगर नगरपालिका–२, भुरेली, सुर्खेतका बोहरालाई भदौ २४ गते सुर्खेतमै गोली लागेको थियो। गोली लागेपछि उहाँले दुवै आँखा गुमाउनुभएको हो।

उहाँका बुवा चन्द्रबहादुर बोहोराले छोरा सन्तोषलाई यो अवस्थामा पुर्‍याउनेमाथि कारबाही हुनुपर्ने माग गर्नुभयो। उहाँले आफ्नो छोरा जीवनभर काम गर्न नसक्ने भएकाले श्रीमती, चार वर्षीया छोरी र बुवाआमाको सहारा गुमेकोमा चिन्ता पनि व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘तपाईँलाई धेरै दुःख परेको छ, त्यो त मैले बुझिरहेको छु। किनभने हामी पनि आमाबाबु हौँ। सन्तानको माया कस्तो हुन्छ भन्ने मैले पनि महसुस गर्न सक्छु। तर यो समस्या तपाईँको मात्र होइन।

उपचारका लागि सम्भव हुन सक्ने जति सबै उपाय लगाऔँला। बच्चाको पढाइ, श्रीमतीको कामको लागि पनि पहल गरौँला। चिन्ता नगर्नुहोस्।’
अस्पतालमा श्रीमती निर्मला र अन्य आफन्तहरु पनि हुनुहुन्थ्यो।