१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई दियो २२१ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ। विराटनगर किङ्गसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनिपएलमा पाोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि लोकश बम र मार्टीन गप्टीले १३२ रनको शानदार साँझेदारी गर्दै विशाल योगफल तर्फ अघि लगे।

लोकेशले ४८ बलमा ७ चौका र एक छक्काको सहयोगमा ७२ रन बनाएर आउट भए। यस्तै, मार्टीनले ३५ बलमा ६ छक्का र ३ चौकाको सहयोगमा ६१ रन प्रहार गरे।

यस्तै, जर्ज मुन्से १०, बसिर अहमदले २३, नारायन जोशी र सुभवा रन्जनिले अविजित रन बनाए। यता, पोखराको लागि म्याथ्यू टेलरले दुई विकेट लिँदा कप्तान कुशल भुर्तेलले एक विकेट हात पारे।