१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

दूध र मासुमा आत्मनिर्भर ‘कञ्चनपुर’

दूध र मासुमा आत्मनिर्भर ‘कञ्चनपुर’
फाइल फोटो
अ अ+ अ-

कञ्चनपुर। कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ । पछिल्लो समय उन्नत नश्लका गाई र भँैसीको व्यावसायिक पालन हुन थालेपछि जिल्ला दूधमा आत्मनिर्भर भएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी खड्कबहादुर पाण्डेयले सरकारले व्यावसायिक पशुपालनमा अनुदान दिन थालेपछि मासुमा समेत आत्मनिर्भर भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कञ्चनपुरमा एक लाख ४८ हजार १७७ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । यसमा भैँसीको ४३ हजार पाँच सय पाँच मेट्रिक टन दूध उत्पादन हुने गरेको छ भने गाईको ५४ हजार आठ सय १७ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । जिल्लामा वार्षिक प्रतिव्यक्ति ९१ लिटर दूधको आवश्यकता भए पनि १३४ लिटर दूध उत्पादन हुने गरेको सूचना अधिकारी पाण्डेयले बताउनुभयो ।

जिल्लामा दुई हजार तीन सय २७ मेट्रिक टन बाख्राको मासु उत्पादन हुने गरेको छ भने भँैसी÷राँगाको चार हजार ९९७ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । ब्रोइलर कुखुराको मासु एक हजार २०८ मेट्रिक टन र स्थानीय कुखुराको मासु ७७ मेट्रिक टन उत्पादन हुने गरेको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

जिल्लामा २७० हेक्टरमा निर्मित माछा पोखरीबाट एक हजार ३५७ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ भने १७२ हेक्टरमा रहेको प्राकृतिक पोखरीबाट ४१७ मेट्रिक टन माछा उत्पादन हुने गरेको तथ्याङ्क छ । यहाँ वार्षिक प्रतिव्यक्ति १४ किलो मासु आवश्यक रहेकामा १४ दशमलव पाँच किलो उत्पादन हुने गरेको छ ।

“कञ्चनपुर दूध र मासु आत्मनिर्भर भइसकेको छ । दोधारा चाँदनीमा हुने उत्पादन छिमेकी देश भारतका सहरमा निर्यात हुने गरेको छ भने अन्य ठाउँको कैलालीमा निर्यात हुने गरेको छ”, सूचना अधिकारी पाण्डेयले भन्नुभयो, “पछिल्लो समय किसानले व्यावसायिक रूपमा पशुपालन गर्न थालेपछि जिल्लामा दूध र मासु उत्पादन बढेको हो ।”

सरकारबाट पनि किसानले अनुदान पाउन थाले र व्यवसायिक रूपमा पशुपालन गर्न थालेका र घाँसखेतीसमेत बढ्न थालेपछि यसमा सहज भएको जनाइएको छ । दोधारा चाँदनी भारतीय बजार नजिक भएकाले यहाँको दूध भारत जाने गरेको छ भने अन्य ठाउँको दूध कैलालीको दुग्ध विकास संस्थान (डिडिसी) ले खरिद गर्ने गरेको छ ।

श्री उन्नत भैँसीपालन ब्लक समन्वय समिति दोधारा चाँदनीका संयोजक लालबहादुर पुनले दोधारा चाँदनीको दूध भारत र महेन्द्रनगर बजारमा बिक्री हुने गरेको जानकारी दिनुभयो ।

“भारतका व्यापारीहरू दूध खरिदका लागि यही आउने गरेका छन् । हामीमध्ये केहीले महेन्द्रनगर बजारका डेरीमा लग्ने गरेका छन्”, उहाँले भन्नुभयो, “गाईभैँसी पालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान समूह बनाएर व्यावसायिक रूपमा पशुपालनमा लागेका छन् ।”

संयोजक पुनले ४१ जनाको समूह बनाएर हाल भैँसीपालन भइरहेको बताउनुभयो । “पहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु ७० लाख अनुदान पायौँ, त्यसले भैँसीपालनमा सहज भयो”, उहाँले भन्नुभयो, “हाम्रो समूहका अन्य ११ जनाले बाख्रापालनसमेत गरिरहेका छन् ।”

व्यावसायिक कृषिको विकास गर्ने लक्ष्यअनुसार चालु आर्थिक वर्षमा यहाँको कृष्णपुर, शुक्लाफाँटा, बेल्डाँडी, दोधारा चाँदनी, भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकालाई भैँसीपालन पकेट क्षेत्र निर्धारण गरिएको छ ।

लालझाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा बाख्रा पकेट क्षेत्रका लागि प्रत्येक पालिकाका लागि रु ४० लाख बजेट विनियोजन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ । रासस