१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगलाई ट्रेड युनियन कांग्रेसको ज्ञापनपत्र



अ+ अ-

काठमाडौँ।  नेपाल ट्रेड युनियन कांग्रेसले स्वदेश र विदेशमा रहेका श्रमिकलाई आगामी निर्वाचनमा कार्यथलोबाट मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने मागसहित निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।

आज निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष महासङ्घका अध्यक्ष योगेन्द्र कुँवरको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले संविधान, ऐन, कानुन र नियमावलीको परिधिभित्र रहेर निर्वाचन प्रक्रिया सञ्चालन र कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ज्ञापनपत्रमा रहेका बुँदाप्रति आयोगको ध्यानाकर्षण भएको बताउनुभयो ।

महासङ्घ अध्यक्ष कुँवरले लामो समयदेखि स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई मतदानको व्यवस्था हुनुपर्ने, संविधानको मूल मर्मअनुसार श्रमिकका विषय सम्बोधन गरिनुपर्ने माग महासङ्घले उठाउँदै आएको बताउनुभयो । तिनै विषय सम्बोधनका लागि पुनः आयोगको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

ज्ञापनपत्रमा स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई आगामी निर्वाचनमा कार्यथलोबाट मतदान गर्ने व्यवस्था हुनुपर्ने, संविधानको धारा ४२(१) मा भएको व्यवस्थाअनुरुप युवा, किसान श्रमिकलाई पनि समानुपाति सिद्धान्तका आधारमा राज्यको संसद्लगायत निकायमा प्रतिनिधित्वको लागि बेग्लै ‘क्लष्टर’ बनाउनुपर्ने, आगामी निर्वाचन मितव्ययी बनाउनुपर्ने र तोकिएको मितिमा निर्वाचन हुनुपर्नेलगायत माग समेटिएका छन् । रासस