५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

च्याम्पियन्स लिग: बाहिरिए टोट्टनहाम र भ्यालेन्सिया

च्याम्पियन्स लिग: बाहिरिए टोट्टनहाम र भ्यालेन्सिया
अ+ अ-

इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाम र स्पेनिस क्लब भ्यालेन्सिया च्याम्पियन्स लिगको उपाधि होडबाट बाहिरिएका छन्। युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको मंगलबार राति खेलिएको प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा नमिठो हार भोगेपछि टोट्टनहाम र भ्यालेन्सिया उपाधि होडबाट बाहिरिएका हुन्। दोस्रो लेग खेलमा जर्मन क्लब रसेनबलस्पोर्ट लिपजिगले बलियो टोट्टनहामलाई ३-० गोलले हरायो। जितसँगै रसेनबलस्पोर्ट लिपजिग ४-० कुल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुग्न सफल भयो। यसअघि टोट्टनहामको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा पनि रसेनबलस्पोर्ट लिपजिग १-० गोलले विजयी भएको थियो। रसेनबलस्पोर्ट लिपजिग केवल १० वर्षअघि स्थापना भएको क्लब हो।


गोल गरेपछि खुसी मनाउँदै रसेनबलस्पोर्ट लिपजिगका मार्सल सबिट्जर । तस्बिर : एपी/रासस

घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा रेसनबलस्पोर्ट लिपजिगका मार्सल सबिट्जर नायक बने। उनले टोलीका लागि दुई गोलको योगदान गरे। खेल सुरु भएको १०औं मिनेटमै उनले पहिलो गोल गरेका थिए। २१औं मिनेटमा उनले नै टोलीको अग्रता दोब्बर बनाए। निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि एमिल फोर्सबर्गले टोलीका लागि तेस्रो गोल थपेका थिए। टोट्टनहाम युरोपियन फुटबल प्रतियोगितामा ४-० वा सोभन्दा बढी कुल गोल भिन्नताका आधारमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको यो तेस्रो पटक हो। टोट्टनहाम यसअघि च्याम्पियन्स लिगको सन् २०१०/११ सिजनमा स्पेनिस क्लब रियल म्याड्रिडसँग ५-० कुल गोल भिन्नताका आधारमा पराजित भएको थियो।

सन् २०१५/१६ सिजनको युरोपा लिगमा भने जर्मन क्लब बोरुसिया डर्टमन्डसँग ५-१ कुल गोल भिन्नताका आधारमा पराजित भएको थियो। यसैगरी इटालियन क्लब एटलान्टाले भ्यालेन्सियालाई उसैको मैदानमा ४-३ गोलले हरायो। जितसँगै एटलान्टा ८-४ कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भयो। यसअघि घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा पनि इटालियन क्लबले ४-१ गोलको जित हासिल गरेको थियो।

दोस्रो लेग खेलमा एटलान्टाका लागि चारवटै गोल जोसिप लिसिसले गरे। खेल सुरु भएको तेस्रो मिनेटमै पेनाल्टीमार्फत पहिलो गोल गरेका जोसिप लिसिसले ४३औं मिनेटमा पेनाल्टीमार्फत नै अर्को गोल थपेका थिए। ७१औं मिनेटमा तेस्रो गोल गरेका उनले ८२औं मिनेटमा टोलीका लागि चौथो गोल थपेका थिए। भ्यालेन्सियाका लागि भने केभिन गामिरोले २१औं र ५१औं मिनेटमा गोल गरे। अर्को एक गोल ६७औं मिनेटमा फेरान टोरेसले गरेका थिए।