१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी विभाजन गरेर समाजवाद आउँदैनः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने आरोप लगाउनुभएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले गएराति भर्चुअल माध्यमबाट आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको आरोप लगाउनुभयो । 

उहाँले यस नयाँ वर्षमा नयाँ जनतमतका साथ एमालेले समृद्धिका बाँकी कार्यभार पूरा गर्ने जनाउँदै सो कार्यमा निरन्तर सघाउन प्रवासी नेपालीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गराउन प्रवासी नेपालीको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।