१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा उनको निधन भएको छ । सास फेर्ने समस्या भएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । उनको केहीबेरअघि निधन भएको हो । धर्मेन्द्रको निधन भारतीय फिल्म उद्योगका लागि ठूलो क्षति हो।

धर्मेन्द्र भारतीय सिनेमाका सबैभन्दा प्रिय सुपरस्टारमध्ये एक थिए । उनले फिल्म उद्योगलाई ३०० भन्दा बढी चलचित्रहरू दिएका छन् र उमेरको यस चरणसम्म पनि उनी अभिनयमा सक्रिय रहेका थिए ।

६ दशकभन्दा बढी समयसम्म सिनेमामा राज

धर्मेन्द्रले आफ्नो करियरको सुरुवात सन् १९६० मा गरेका थिए । त्यही वर्ष उनको पहिलो फिल्म दिल भी तेरा हम भी तेरे रिलिज भएको थियो । त्यसपछि उनले आई मिलन की बेला, फूल और पत्थर, आए दिन बहार के जस्ता चलचित्रमा काम गरे । फूल और पत्थरबाट उनलाई ठूलो लोकप्रियता प्राप्त भयो ।

सन् १९६० देखि १९८० को दशकबीच उनले आंखें, शिखर, आया सावन झूम के, जीवन मृत्यु, सीता और गीता, यादों की बारात, शोले, दोस्त, गुलामी, धरम वीर, हुकुमत, चरस, एलान–ए–जंग जस्ता उत्कृष्ट चलचित्रहरू भारतीय सिनेमालाई दिएका थिए ।

धर्मेन्द्रको निधनले बलिउड मात्र होइन, सम्पूर्ण भारतीय कला क्षेत्रलाई ठूलो शोकमा डुबाएको छ । धर्मेन्द्रको परिवारले बलिउडलाई निकै योगदान दिएको छ । उनकी श्रीमती हेमा मालिनी बलिउडकी चर्चित अभिनेत्री हुन् । यस्तै, दुई छोरा सन्नी देओल र बबी देओल बलिउडमा स्टार अभिनेता हुन् । यस्तै, अभिनेत्री इशा देओल पनि धर्मेन्द्री छोरी हुन् ।