२३ फाल्गुन २०८१, शुक्रबार
March 7, 2025 Friday
Latest
‘संविधानले आमाका नाममा नागरिकता दिने बाटो खोले पनि निर्देशिकाले रोक्यो’ थाइल्याण्डमा अलपत्र परेका २० नेपालीलाई स्वदेश फर्काइयो ‘राष्ट्रियताका लागि गोर्खा समुदायको योगदान महत्त्वपूर्ण छ’ ‘कृषि मन्त्रालयले अघि सारेका कार्यक्रमबाट उत्पादन बढेको छ’ आगलागीबाट तीन जना घाइते वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबीच भेटवार्ता भूठानले ल्यायो कागजको खोस्टो ग्लोबल आइएमई बैंकले महिलालाई १० करोड रुपैयाँसम्मको कर्जा दिने अवैध आप्रवासन रोक्न प्रतिबद्ध: अमेरिकी दूतावासको सन्देश नेपालीलाई सतर्क रहन आग्रह एमाले मोरङ अधिवेशन: अध्यक्षमा अजम्बर राई निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशको तीन सिटमा राष्ट्रियसभा सदस्यको निर्वाचन गरिने



अ+ अ-

देउखुरी । लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको  तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका दाङको घोराइमा  प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिनुभयो । 

राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा भएका सदस्यको खाली हुने स्थानमा निर्वाचन हुन लागेको हो । लुम्बिनीबाट महिलामा कोमल वली, अन्यमा दृगनारायण पाण्डेय र दलितमा रामलखन चमारको रिक्त स्थानमा निर्वाचन  हुन लागेको उहाँको भनाइ थियो ।

निर्वाचन आयोगले माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ ।लुम्बिनी प्रदेशसभाका सदस्य ८१ र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुखसहित २१५ जना गरी २९६ मतदाताले मतदान गर्ने भएका छन् ।