३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेना कहर: श्रम स्वीकृति लिएका ५५ हजार रोकिए



अ+ अ-

काठमाडौं । कोभिड–१९ (कोरोना) भाइरसको असर विश्वव्यापी हुँदै जाँदा सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेसँगै अहिले वैदेशिक रोजगारमा जानेको संख्या लगभग शून्यमा झरेको छ । वैदेशिक रोजगार विभागका अनुसार श्रमस्वीकृति बन्द गर्नुअघि दैनिक करीब ३ हजारले अन्तिम श्रमस्वीकृति र ६ हजारले पूर्व श्रमस्वीकृति लिने गरेका थिए ।

‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रमस्वीकृति स्थगन गर्ने’ कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकबाटै बिहीवार निर्णय भएसँगै विभागले मातहतका कार्यालयहरूलाई श्रमस्वीकृति प्रदान गर्ने कार्य स्थगित गर्न निर्देशन दिइसकेको विभागका महानिर्देशक कुमार दाहालले बताए । उनका अनुसार अब कुनै पनि श्रम गन्तव्य मुलुकमा रोजगारीका लागि जाने अनुमति सरकारले दिने छैन ।

पछिल्लो निर्णयका कारण नयाँ श्रमस्वीकृति दिएका, बिदामा नेपाल आएका र व्यक्तिगत श्रमस्वीकृति लिएका ५५ हजार नेपाली रोकिएको महानिर्देशक दाहालले बताए । नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुकहरू दक्षिण कोरिया, मलेशिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, बहराइन, कुवतेलगायतमा कोरोना संक्रमण फैलँदा यी मुलुकमा कामदार नपठाउन सरकारमाथि तीव्र दबाब पर्दै आएको थियो ।

त्यसो त सरकारले श्रमस्वीकृति बन्द गर्नुअगावै गन्तव्य मुलुकहरूबाट आउने कामदारको मागमा कमी आउन थालेको थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अनुसार पछिल्लो समय कामदारका लागि आउने डिमान्ड लेटर (मागपत्र) करीब ८० प्रतिशतले घटेको छ । प्रमुख श्रम गन्तव्य मुलुकहरूले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउँदा कामदारको मागमा पनि कमी आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष विमल ढकाल बताउँछन् । आर्थिक अभियान दैनिक