२९ कार्तिक २०८२, शनिबार
,
Latest
कर्णाली यश्विसले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो: प्रधानमन्त्री कार्की शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै ‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराजित आर्सनलः चार खेलमा ११ गोल गर्दा एक गोल पनि खाएन



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उत्कृष्ट लयमा रहँदै शिर्षस्थानमा रहेको आर्सनल च्याम्पियन्स लिगमा पनि निकै लयमा रहेको छ ।

टोलिले गएराति चेक रिपब्लिकन क्लब एसके स्लाभिया प्रागलाई उसकै मैदानमा ३–० गोलले हरायो । आर्सनलको जितमा मिकेल मेरिनोले दुई तथा बुकायो साकाले एक गोल गरे । ३२ औं मिनेटमा साकाले पेनाल्टीमार्फत गोल गर्दै टोलिलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ४६ औं र ६८ औं मिनेटमा मेरिनोले गोल थपे ।

आर्सनलको यो लगातार चौंथो जित हो भने अचम्मको कुरा टोलिले अहिलेसम्म एक गोल पनि खाएको छैन । यसमानेमा आर्सनलले कीर्तिमान नै राख्यो । च्याम्पियन्स लिगमा लगातार चार खेलमा क्लिनसिट राख्दै आर्सनलले कीर्तिमान राखेको हो ।

आर्सनलले पहिलो खेलमा एथ्लेटिक विल्बाओलाई २–० ले हराएको थियो । यस्तै, दोस्रो खेलमा ओलिम्पियाकसलाई पनि २–० ले हराउँदा तेस्रो खेलमा एट्लेटिको मड्रिडलाई ४–० ले हरायो ।

योसँगै आर्सनल ४ खेलबाट १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।