२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरु आज एमालेमै फर्कने



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर चार वर्षअघि गठन भएको नेकपा एकीकृत समाजवादी तीन टुक्रा भएको छ ।

अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नेकपा माओवादी केन्द्रमा एकीकृत गराएपछि विद्रोह गरेका रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरु एमालेकै फर्कने भएका छन् । उनीहरु आजै एमालेमा फर्कने घोषणा गर्दै छन् ।

एमालेमा फर्कनेहरुमा झाँक्री र किसानसहित अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत छन् ।

नेताहरु एमालेमा फर्किएको घोषणा आज पत्रकार सम्मेलन गरेर गर्ने तयारी छ ।

झाँक्रीले पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको दिशामा अघि बढ्न, सैद्धान्तिक र वैचारिक दृष्टिकोण मिल्ने राजनीतिक शक्तिहरू एक ठाउँमा आउन आवश्यक छ भन्ने कुरा बोध भएको बताएकी छन् ।

यता माओवादी र नेकपा एसबीच एकीकरणको घोषणा भएलगत्तैदेखि असन्तुष्ट झलनाथ खनाल, घनश्याम भुसाललगायतका नेताहरु भने पार्टी पुनर्गठन गर्ने कि एमालेमै मिसिने भन्नेमा अन्योलमा छन् ।