१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरु आज एमालेमै फर्कने



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर चार वर्षअघि गठन भएको नेकपा एकीकृत समाजवादी तीन टुक्रा भएको छ ।

अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नेकपा माओवादी केन्द्रमा एकीकृत गराएपछि विद्रोह गरेका रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरु एमालेकै फर्कने भएका छन् । उनीहरु आजै एमालेमा फर्कने घोषणा गर्दै छन् ।

एमालेमा फर्कनेहरुमा झाँक्री र किसानसहित अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत छन् ।

नेताहरु एमालेमा फर्किएको घोषणा आज पत्रकार सम्मेलन गरेर गर्ने तयारी छ ।

झाँक्रीले पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको दिशामा अघि बढ्न, सैद्धान्तिक र वैचारिक दृष्टिकोण मिल्ने राजनीतिक शक्तिहरू एक ठाउँमा आउन आवश्यक छ भन्ने कुरा बोध भएको बताएकी छन् ।

यता माओवादी र नेकपा एसबीच एकीकरणको घोषणा भएलगत्तैदेखि असन्तुष्ट झलनाथ खनाल, घनश्याम भुसाललगायतका नेताहरु भने पार्टी पुनर्गठन गर्ने कि एमालेमै मिसिने भन्नेमा अन्योलमा छन् ।