१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह झापा जाँदै, राजनीतिक भेटवार्ता गर्ने



फाइल फाेटाे
अ+ अ-

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको बहस चलिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भोलि झापा जाँदै हुनुहुन्छ । काठमाडौंको त्रिभुवन विमानस्थलबाट चन्द्रगढी विमानस्थल हुँदै पूर्वराजा शाह दमक पुग्ने कार्यक्रम छ ।

पूर्वराजा शाह दमकस्थित चिया बगानको मिनी दरबारमा बस्नुहुने छ । झापा जाँदा उहाँ प्राय: त्यही दरबारमा बस्ने गर्नुहुन्छ ।

पूर्वराजाको सचिवालयले झापामा कति दिन बस्ने भन्ने कुनै जानकारी दिएको छैन ।

तर पूर्वराजा शाहले झापामा रहँदा राजनीतिक भेटघाट गर्नुहुने स्रोत जनाएको छ । भेटघाटको कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।

शाहको स्वागतका लागि झापामा तयारीसमेत भइसकेको छ ।