१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्निर्माण कोषमा नेशनल लाइफले एक करोड र एनएलजी इन्स्योरेन्सले २५ लाख सहयोग



अ+ अ-

काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू एक करोड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रू २५ लाख सहयोग गरेका छन् ।

आज नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा रकम सहयोग प्रदान गर्नुभयो ।

दुवै कम्पनीको तर्फबाट अर्थमन्त्री रामेश्वर खनाललाई छुट्टाछुट्टै चेक हस्तान्तरण गरिएको हो ।

कोषमा आज प्राप्त हुन आएको रकमसहित जम्मा रु सात करोड एकाउन्न लाख साठी हजार ४३९ सङ्कलन भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।