२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ



अ+ अ-

झापा। बैंकिङ कसुर मुद्दामा रु १७ लाख ३९ हजार ५०० जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा झापाको शिवसताक्षी नगरपालिका–११ दुधे बस्ने ५६ वर्षीय हर्कधन सेवा रहेका छन् । उच्च अदालत विराटनगर, इलाम इजलासको चार वर्षअघि गरेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा उनलाई जरिवाना सजाय सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार घर नजिकैबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सेवालाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी बुझाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।  रासस