५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित भइरहको एकता स्वीर्कान सकेनौँः जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित माओवादी केन्द्र र एकीकृत समाजबादीबीच हुन लागेको एकतालाई स्वीर्कान नसकेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनतातिर जवाफदेही हुने, विधिपद्धति लागू गर्ने, पार्टीलाई समग्र रुपले पुनःगठन गरेर अगाडी बढ्नेगरि आफू लागेको भएपनि सफल हुन नसकेको बताउनु भयो । उहाँले नेतातन्त्र, भ्रष्टाचार विरोधी जगमा जेन–जी विद्रोह भएकोले यसलाई स्वीकार गर्दै पार्टीलाई रुपान्तरण गर्ने कोशिसहरु पार्टीभित्र असफल भएको उहाँको भनाई छ । उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल, विधिविहीन बनाएको आरोप लगाउनु भयो । सिमित एक वा दूई नेताहरुको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगरी एकताको नाटक गरिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पार्टीलाई पारदर्शी बनाउने, पार्टीलाई सुशासनको पक्षमा र जनतातिर जवाफलदेही बनाउने, पार्टीभित्र विधिपद्धति लागू गर्ने, पार्टीलाई समग्र रुपले पुनःगठन गरेर, पुर्नसंरचना गरेर अगाडी बढाउने भनेर बहस गर्दै आएको कुरा यहाँहरुलाई जानकारी नै छ । पछिल्लो समयसम्म आईपुग्दा जेनजी आन्दोलनले पनि स्पष्ट गरिसक्यो पार्टीभित्र दलतन्त्रको कुरा, नेतातन्त्रको कुरा, भ्रष्टाचारका कुरा त्यसकै कै जगमा जेनजी विद्रोह भयो । त्यसले पनि स्पष्ट गरिसकेको छ । यो यर्थात् कुरालाई रुपान्तरण गर्ने हाम्रा कोशिसहरु पार्टीभित्र सफल भएनन् । आज झन अझ भद्रगोल बनाएर, अझ विधिविहीन बनाएर, अझ सिमित एक वा दुई नेताहरुको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगर जो एकताको नाटक गरिएको छ । जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरित जे एकता भईरहेको छ, त्यसको प्रति हामी सहमति हुन सकेनौँ ।’

उहाँले एकताका नाममा आमजनता, मतदाता र कार्यकर्तालाई भ्रमित पार्दै घृणा फैलाउने प्रयासहरु भइरहेको बताउनु भयो ।

प्रगतिशील अभियान नेपाल सञ्चालन गर्ने घोषणा

जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरित भइरहेको एकताप्रति सहमत नभएर आफूहरुले नयाँ अभियान सञ्चालनको थालनी गरेको उहाँले बताउनु भयो । उहाँले प्रगतिशील अभियान नेपाल संचालन गर्ने जानकारी दिनुभयो । राष्ट्रलाई माया गर्ने, देशलाई समृद्धि गर्न चाहने, सुशासन कायम गर्न चाहने, पारदर्शीलाई आत्मसात् गर्ने, उत्पिडित वर्गा, जाती, क्षेत्र, लिङ्ग, समुदायका समस्याप्रति प्रतिवद्ध भएको अभियान संचालन गर्न लागिएको उहाँको भनाई छ । उहाँले अभियानले विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रलाई माया गर्ने, देशलाई समृद्धि गर्न चाहने, सुशासन कायम गर्न चाहने, पारदर्शीलाई आत्मसात् गर्ने, उत्पिडित वर्गा, जाती, क्षेत्र, लिङ्ग, समुदायका समस्याप्रति प्रतिवद्ध भएको त्यस्तो अभियान हामी संचालन गर्न गइरहेका छौँ ।’ 

उहाँले शहीद बेपत्ताहरुको सपनालाई पूरा गर्ने, उहाँहरुका परिवारजनका आशा र विश्वासहरु, घाईते योद्धाहरुका अपेक्षाहरु पूरा गर्नेगरी लाग्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।




भर्खरै