५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रतिलिपि नागरिकता लिन मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएकी उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरु टुट्नुफुट्नु राम्रो नभएको बताउनु भयो । पार्टीभित्रका मतभेदहरु भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्ने बताउनु भयो । राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरु एक हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीहरु टुट्नु फुट्नु राम्रो कुरा होइन, पार्टीहरु सुसंगठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरु पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरु पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’

उहाँले ताजा जनादेशका लागि अहिलेको सरकार गठन भएको बताउँदै निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताउनु भयो । सुरक्षाकर्मीहरुका हातहतियारहरु लुटिएको भन्दै गल्ती गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनु भयो । राजनीतिक दलहरुलाई पनि बोलाएर संवाद गर्नुपर्ने बताउनु भयो ।