२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



अ+ अ-

काठमाडौँ ।   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको बताउनुभएको छ ।

प्रेस चैतारी नेपालमा आयोजित कार्यक्रममा नेकपा एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने बताउनुभएको हो ।

एमाले जनताको पहिलो पार्टी रहेको बताउँदै महासचिव पोखरेल जनमतबाट अलग हुने विषयको कल्पना गर्न नसकिने बताउनु भयो । उहाँले वर्तमान सरकार आफँै संवैधानिक परीक्षणबाट गुज्रिनुपर्ने अवस्था भएकाले निर्वाचनको कुरा बच्पना हुने टिप्पणी गर्नुभयो । महासचिव पोखरेलले निर्वाचनमा जान शान्ति सुरक्षाको अवस्था सुनिश्चित नभएको बताउँदै आम नागरिक र राजनैतिक दल निर्वाचनमा सामेल हुनसक्ने वातावरण नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरुलाई मैले यतिमात्र भन्छु तर नेकपा एमाले पार्टी चुनावबाट भाग्ने पार्टी त होइन फेरि । जनताको रोजाइको पहिलो पार्टी जनमतबाट अलग हुने भन्ने चाहीँ कल्पना नै गर्न सकिँदैन तर नहुने चुनावमा हामी भाग लिन्छौ भन्दै हिड्ने कुरा केटाकेटी पन हुन्छ जस्तो लाग्छ । किनकि चुनाव गराउने सरकारनै संवैधानिक परीक्षणबाट गुज्रिनु पर्ने अवस्था छ पहिले कुरा त त्यही कुरा के हुन्छ भन्ने कुराकै ठेगान त छैन नि त । केही समय पछाडि सर्वोच्चको फैसला के आउने हो त्यसले बाटो तय गर्नेवाला छ । दोस्रो चाहीँ शान्ति सुरक्षाको अवस्था नै सुनिश्चित छैन । आम जनता चुनावमा सहभागि हुनसक्ने वातावरण छ कि छैन, राजनैतिक दल चुनावमा सामेल हुन सक्ने वातावरण छ कि छैन भन्ने कोणबाट हेर्दा खेरी चाहीँ अहिले यो सरकार चाहीँ चुनावको बाटोतिर हिँड्या छ भन्ने देखिँदैन ।’

जेन–जी पुस्ताको आन्दोलन आकस्मिक, अस्वभाविक भूकम्प जस्तै भएको महासचिव पोखरेलको टिप्पणी छ ।




भर्खरै