२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस कार्यालयमा तालाबन्दी



अ+ अ-

काठमाडौँ । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली काँग्रेसको केन्द्रिय कार्यालयको मूल गेटमा युवा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।

आईतवार दिउँसो युवा कार्यकर्ताले सानेपास्थित नेपाली काँग्रेसको केन्द्रिय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन् । पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका छन् । उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली काँग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन भएको छ ।

युवाहरुको आवाजलाई नजरअन्दाज नगर्न चेतावनी समेत दिएका छन् ।