२२ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर… सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः मनिष झा पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश



अ+ अ-

काठमाडाैँ । नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ को राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको छ ।

सभाको शुक्रवारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले उक्त विधेयकको समितिको प्रविदेन प्रश्तुत गर्नुभएको हो । समितिले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहने गरी विशेष सेवा ऐन संशोधन विधेयक यही साउन १९ गते पारित गरेको थियो । विभागलाई गृह मन्त्रालय अन्तर्गत राख्नुपर्ने संशोधन प्रश्ताव अस्वीकृत गर्दै समितिले बहुमतले विधेयक पारित गरेको सभापति ढकालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विधेयकको दफा ४ को उपदफा १ मा अध्यादेशबाट कायम भएको नेपाल सरकार, गृह मन्त्रालय भन्ने शब्दको सट्टा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभाग स्थापना हुनेछ भन्ने व्यवस्था राख्न आवश्यक भएकोले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था राखेको छ ।’

गुप्तचर कार्य गर्ने विभागको विशिष्टीकृत कार्य प्रधानमन्त्री कार्यालय मातहत रहनु उचित हुने भन्दै उक्त विधेयकको साविकको व्यवस्था जगाउन आवश्यक रहेको बताउनुभएको हो ।