२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्नः ‘कांग्रेसले राष्ट्रिय मेलमिलाप नीतिको दोस्रो संस्करण ल्याउने सामर्थ्य राख्छ ?’



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले नेपाली कांग्रेसले ढिलोचाँडो राष्ट्रिय मेलमिलाप नीतिको दोस्रो संस्करण ल्याउने सामर्थ्य राख्छ कि राख्दैन भन्ने प्रश्न उठाएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै श्रेष्ठले राष्ट्रका लागि राजा र राजसंस्थाको अपरिहार्यता बुझेका बिपी कोइराला पछिका नेतामध्ये त्यस्तै दूरदृष्टि राख्ने व्यक्ति कांग्रेसभित्र छन् कि छैनन् भन्ने जिज्ञासा समेत प्रकट गरेका छन् ।

उनले लेखेका छन्, “के नेपाली कांग्रेसले ढिलोचाँडो राष्ट्रिय मेलमिलाप नीतिको दोस्रो संस्करण ल्याउन सक्ने सामर्थ्य राख्छ होला ? राष्ट्रका लागि राजा, राजसंस्थाको अपरिहार्यता देख्ने बिपी कोइराला पछिको दुरदर्शी त्यहाँ कोही होलान्रनहोलान् ? देशले त आज होइन, धेरै पहिले नै त्यो आवश्यकता बोध गरिसकेन र ?”

श्रेष्ठले देशको वर्तमान अवस्थाले पुनः राष्ट्रिय मेलमिलापको आवश्यकता देखाएको दाबी गर्दै, त्यस दिशामा कांग्रेसले भूमिका खेल्नुपर्ने सुझाव पनि दिएका छन् ।

बिपी कोइरालाले २०३३ सालमा नेपाल फर्किएपछि अघि सारेको ‘राष्ट्रिय मेलमिलाप नीति’ ले लोकतन्त्र, राजतन्त्र र राष्ट्रिय एकतालाई सन्तुलनमा राख्ने प्रयास गरेको थियो ।




भर्खरै