काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक शुरु भएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो । दिउँसो साढे १ बजेबाट शुरु भएको बैठकमा महाधिवेशनबारे विशेष छलफल हुनेछ । साथै पार्टी निर्वाचनमा जाने की संसद पुनःस्थापनाको पक्षमा उभिने भन्ने पनि निर्णय गर्ने बताइएको छ ।
दशैँपछिबाट शुरु भएको केन्द्रिय समितिको बैठक तिहार र छठका कारण आजलाई सरेको थियो । नेताहरुले नियमित महाधिवेशन हुनुपर्ने र त्यो हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग गर्दै आएका छन् । महामन्त्री गगन थापा र विश्वप्रका शर्मा पक्षधरले ५४ प्रतिशत गत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित नियमित महाधिवेशनको माग राखेका छन् । तर संस्थापन पक्षधरले भने मिति सकिसकेका महाधिवेशन प्रतिनिधिको कुनै अर्थ नरहने बताउँदै आएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर जानुभएको अवस्थामा पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । सभापति देउवालाई गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सांघातिक आक्रमण भएको थियो ।

तस्बिरः अनुप प्रधान/न्युज एजेन्सी नेपाल










