२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से ५ अंकले घट्यो, हाइड्रोमा उत्साह



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधवार ५ अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से ५.१७ अंकले घटेको छ । नेप्से ०.२० प्रतिशतले घटेर २५६६ बिन्दुमा परिसूचक पुगेको छ ।

आज दिनभरमा ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार २८४ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको पछ । दिनभरमा ३ सय २१ वटा कम्पनी कारोबारमा आउँदा ५० हजार ४ सय ८७ पटक शेयर किनबेच भएको छ । ३ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ । १३ समूहमध्ये ९ समूह घटेको छ भने बाँकी ४ समूह बढेको छ ।

आज बजारमा हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।