७ पुष २०८२, सोमबार
,
Latest
प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकीमा सुविधा सम्पन्न ‘यात्रु प्रतिक्षालय’ देशभर विस्तार गर्ने लक्ष्य



अ+ अ-

काठमाडौँ । कलंकीमा नेपालकै पहिलोपटक सुविधासम्पन्न प्रतिक्षालय सञ्चालनमा आएको छ । देशको जुनसुकै ठाउँका लागि पनि टिकट काट्न सकिने अनलाइन प्लेटफर्म बससेवा डटकमले यात्रुहरुका लागि सुविधासम्पन्न प्रतिक्षालय सञ्चालनमा ल्याएसँग यात्रुहरुलाई गाडी कुरेर बाटोमा बस्नुपर्ने बाध्यता कम भएको छ । प्रतिक्षालयमा ७० देखि १ सय जनासम्म यात्रुहरु विश्राम गर्न कुर्सीहरु राखिएको छ ।

यात्रुहरुका लागि फ्री वाइफाईको व्यवस्था गरिएको छ भने चिसो, तातोपानीको समेत व्यवस्था गरिएको छ । बस सेवा डटकमका बिजनेस हेड डेनिसजंग थापाले बसको टिकट काट्ने यात्रुलाई फोकस गरेर नेपालमै पहिलो पल्ट सुविधा सम्पन्न यात्रु प्रतिक्षालय खोलिएको बताउनु भयो । उहाँकाअनुसार बस सेवा डटकमले सोही प्रतिक्षालयबाट पनि अनलाइन टिकटको व्यवस्था गरेर यात्रुहरुलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था गरेको छ ।

बिजनेस हेड डेनिसजंग थापाले भन्नुभयो–‘बसको टिकट काटेर यात्रु प्रतिक्षालयमा मज्जाले यात्रु प्रतिक्षालयमा बस्न सकिन्छ । बाइफाइ, चिया, तोतो चिसो पानीको व्यवस्था पनि गरेका छौं । बसपार्कदेखि कलंकीसम्म गाडी नआउञ्जेल मज्जाले यहाँ बस्न पाइन्छ । यहाँ ७० देखि १०० जना यात्रु प्रतिक्षालयमा बस्न सक्नुहुन्छ । बेलुका र बिहानमा यात्रुहरुको चाप प्रतिक्षालयमा हुने गरेको छ ।’

उहाँकाअनुसार आगामी दिनमा कलंकीमा मात्रै नभएर देशका विभिन्न बसपार्क नजिक यस्ता खाले प्रतिक्षालय बनाउने योजना बस सेवाको रहेको छ । यात्रुहरुलाई बस चढ्ने र झर्ने बेला धेरै नै दुःख देखेर आफूहरुले कलंकीसहित अन्य ठाउँमा समेत सुविधासम्पन्न प्रतिक्षालय खोल्न प्ररित गरेको थापाले बताउनु भयो । कलंकीको प्रतिक्षालयमा एसीको समेत व्यवस्था गरिएको उहाँको भनाइ छ । प्रतिक्षालयमा ४÷५ जना कर्मचारीहरु समेत छन् । उनीहरुले यात्रुको समानको समेत सुरक्षा गर्ने गरेका छन् ।’ 

कलंकीको सुविधासम्पन्न प्रतिक्षालयमा बसको यात्रु बालकृष्ण पाण्डेले यात्रु प्रतिक्षालयले धेरै सहज बनाएको बताउनु भयो । उहाँकाअनुसार पहिला काठमाडौं आउँदा कलंकीमा धेरै दुःख पाइने समस्या रहेकोमा अहिले अञ्जानको ठाउँमा आउदा पनि यात्रु प्रतिक्षालयकै कारण केही सहज महसुश हुने बताउनु हुन्छ ।

यात्रु पाण्डेले भन्नुभयो–‘बससेवाले सञ्चालन गरेको यात्रु प्रतिक्षालय एकदमै राम्रो लाग्यो । मैले कपिलवस्तुबाट टिकट काटेर आउदाँ पनि बससेवा अनलाइनबाटै काटेको थिए, काठमाडौंमा झर्दा पनि यसैको प्रतिक्षालयमा बस्न पाए । पहिले कलंकीमा झर्दा बाटोमा उभिनुपर्ने समस्या थियो । प्रतिक्षालय बनेपछि यहाँ बस्न पाइयो । धेरै आनन्द आयो । धेरै खुशी समेत लाग्यो ।’ 

बस सेवा डटकमकाअनुसार दैनिक सयौँले यो प्लेटफर्ममार्फत टिकट काटेर यात्रा गरिरहेका छन् । जसकारण यात्रु ठगिने समस्या हटेको छ भने लामो लाइनमा बस्नुपर्ने झन्झट पनिको कमी भएको छ ।