२४ कार्तिक २०८२, सोमबार
,
Latest
झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि कोशी टप्पुमा देखिन थाले पाहुना चरा प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो दिन पनि बैठक जारी छ ।

ललितपुर, जावलाखेलस्थित भनिमण्डलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि हालसम्म केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले पार्टी आ–आफ्नो धारणा राख्ने क्रम सकिएको छ ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले स्थायी कमिटी सदस्यले धारणा राख्ने क्रम सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थायी कमिटी सदस्यले धारणा राखेपछि पदाधिकारीे र त्यसपछि अध्यक्ष ओलीले प्रतिवेदनमाथि उठेका प्रश्न तथा सुझावबारे एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने कार्यतालिका रहेको छ ।

स्थायी कमिटी सदस्य र पदाधिकारीलाई पनि तीन मिनेटकै समय उपलब्ध गराइने उहाँले बताउनुभयो । स्थायी कमिटीमा पार्टी पदाधिकारीबाहेक २३ जना सदस्य हुनुुहुन्छ । यही असोज २९ गतेदेखि जारी रहेको बैठक आज सकिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।