२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता : डर



अ+ अ-

एक दिन त मरिन्छ
के को डर ?

खै के को डर
कसरी भनुँ ?
मृत्युको भय
बाच्नुको अर्थ ।

मरिन्छ किभनेर मुख छोप्नु पर्ने भो
हातधुनु पर्ने भो,
खानु पर्ने भो,
छोड्नु पर्ने भो ।
आफै संग आफ्नाहरु लुक्नु पर्नेभो ।
जाबो एक बिषाणुसंग सर्बश्रेष्ठ मान्छे झुक्नुपर्ने भो ।

संसार हल्लाउने मान्छे
आज एक मुठी श्वास लिनकालागि
दो मन भएर बाचेको छ
कुनलोकको हावा फेर्नु कुनभुगोलको पानीखानु ।

तिम्रो कायरता देखेर
मृत्य पनि शंसकित छ कि
यो अचानक
कसरी सम्भव भयो ?
के अब मान्छे बाच्दैनन त?
के सबै खुशीहरु अब सिमित भए?
के विज्ञानअभिषाफ सिद्ध भयो ?
के बुद्धिको भाडो माबिर्को लागेकै हो त ?

होईन भनेभष्मासुरको झै
मान्छे
आफैले दिएको बरदानले
आफैलाई नष्ट गर्न खोज्दैछ?
ए मान्छेहरु भन्दापनिमहामानवहरु ।
ए मान्छेहरु भन्दापनिमहामानवहरु ।
अब
एक मृत्युको पनि
मुल्यचुकाउनु पर्छ
हिसाबकिताबहुनेछ ।

देवी प्याकुरेल,
एकान्तबास ।