९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता : डर



अ+ अ-

एक दिन त मरिन्छ
के को डर ?

खै के को डर
कसरी भनुँ ?
मृत्युको भय
बाच्नुको अर्थ ।

मरिन्छ किभनेर मुख छोप्नु पर्ने भो
हातधुनु पर्ने भो,
खानु पर्ने भो,
छोड्नु पर्ने भो ।
आफै संग आफ्नाहरु लुक्नु पर्नेभो ।
जाबो एक बिषाणुसंग सर्बश्रेष्ठ मान्छे झुक्नुपर्ने भो ।

संसार हल्लाउने मान्छे
आज एक मुठी श्वास लिनकालागि
दो मन भएर बाचेको छ
कुनलोकको हावा फेर्नु कुनभुगोलको पानीखानु ।

तिम्रो कायरता देखेर
मृत्य पनि शंसकित छ कि
यो अचानक
कसरी सम्भव भयो ?
के अब मान्छे बाच्दैनन त?
के सबै खुशीहरु अब सिमित भए?
के विज्ञानअभिषाफ सिद्ध भयो ?
के बुद्धिको भाडो माबिर्को लागेकै हो त ?

होईन भनेभष्मासुरको झै
मान्छे
आफैले दिएको बरदानले
आफैलाई नष्ट गर्न खोज्दैछ?
ए मान्छेहरु भन्दापनिमहामानवहरु ।
ए मान्छेहरु भन्दापनिमहामानवहरु ।
अब
एक मृत्युको पनि
मुल्यचुकाउनु पर्छ
हिसाबकिताबहुनेछ ।

देवी प्याकुरेल,
एकान्तबास ।